७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया
फाइल फोटो
अ+ अ-

जुम्ला। जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

आर्थिक अभाव र भौगोलिक विकटताले मोतियाविन्दुको उपचार गर्न नसकेका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ जुम्लाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र रिड्ले आई फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको दुईदिने आँखा शिविरमा १२२ जना मोतिविन्दु बिरामीको निःशुल्क शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जुम्लाका सभापति जगदीश चौलागाईंले जानकारी दिनुभयो ।

नेत्रज्योति सङ्घमा सोमबार र मङ्गलबार सञ्चालन भएको उक्त शिविरमा ५४६ जना बिरामीको आँखा चेकजाँच गरिएको छ । यसअघि यहाँका आठ वटै स्थानीय तहमा भएको मोतिविन्दु छनोट शिविरमा ५४० जना गरी जम्मा एक हजार ८६ जना बिरामीको हिमालय आँखा अस्पताल पोखराका आँखा विशेषज्ञ चिकित्सक हरिविक्रम अधिकारीको टोलीबाट बिरामीको आँखा चेकजाँच तथा मोतिविन्दुको शल्यक्रिया भएको नेपाल नेत्रज्योति सङ्घका सभापति चौलागाईंको भनाइ छ ।

अधिकांश आँखाका बिरामीले आर्थिक अभावका कारण उपचार गराउन पाएका थिएनन् । उक्त निःशुल्क शिविरले निकै राहत भएको नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालका आई वर्कर सुपरभाइजर दलबहादुर महताराले जानकारी दिनुभयो ।

स्थानीय तहमा भएको मोतिविन्दु छनोट शिविरबाट ६१ जनालाई बिरामी मोतिविन्दुका लागि सिफारिस भएर आएका थियो । मोतिविन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

शिविरमा चस्मा आवश्यक देखिएका २५० जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको चन्दननाथ आँखा अस्पतालका सुपरभाइजर महताराको भनाइ छ ।  रासस