५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

दुई बच्चाकी आमा ‘आयशा’ जस्ले चुमिन एकै दिन दुई स्वर्ण

दुई बच्चाकी आमा ‘आयशा’ जस्ले चुमिन एकै दिन दुई स्वर्ण
अ+ अ-

काठमाडौं । १२औँ सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए, उनी आफैँलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन । उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि पारिवारिक जिम्मेवारी बढेको थियो । तर, २००६ को कोलम्बो सागमा रजत र २०१० को ढाका सागमा स्वर्ण जितिसकेकी आयशाले यसपटक दोहोरो स्वर्ण जितेर इतिहास रचिन् ।

यसपटक उनले पुम्सेको महिला टिम इभेन्ट्स र एकल स्पर्धामा स्वर्ण जितेकी हुन् । सागमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला हुन् । त्यस्तै, सागमा महिलातर्फ सर्वाधिक दुई स्वर्ण जित्ने संगीना वैद्यको कीर्तिमान भंग गर्दै उनले आफ्नो स्वर्ण संख्या ३ पुर्याइन् । ‘१२ औं सागपछि यसरी शशक्त पुनरागमन गर्छु भन्ने कल्पना थिएन,’ सोमबार दोहोरो स्वर्ण जितेपछि आयशाले भनिन्, ‘धेरैले सुझाव दिन्थ्यें । खेल्न छाडेर बच्चा हुर्काउन लाग । तर दीपकले सधैं हौस्याँइरहे ।’

उनका श्रीमान् दीपक विष्ट सागका किर्तिमानी खेलाडी हुन्, जसले लगातार चार संस्करणमा चार स्वर्ण जितेका छन् । विष्ट अहिले प्रशिक्षक छन् । आयशाका अनुसार दीपकले नै तेक्वान्दोमा ‘गेरुगी’ छाडेर ‘पुम्से’ विधा रोज्न लगाएका हुन् । ‘ यो मेरो एक्लो उपलब्धी होइन । मेरो सर्वाधिक ठूलो सफलताको सारथी नै दीपक हुन्,’ दोहोरो स्वर्ण जितेपछि यति भन्दै उनी रुन थालिन् । दुई छोरा आदिश र आधारलाई डोहो(याउँदै दीपक आयशालाई बधाई दिन आए, त्यसपछि दीपकको अंगालोमा बाँधिएपनि आयशाको आँशु रोकिएन । ‘मजस्ता धेरै आमाहरूलाई यसले सफलताका लागि हौसला र आँट मिलोस् । यो मेरो जीवनकै अद्भूत भोगाई हो,’ आँशु पुछ्दै उनले भनिन्,‘ रातदिन मेहिनत गरेको थिएँ । सपना पुरा हुँदा मलाई कहाँबाट कहाँ पुगेजस्तो महसुस भइरहेको छ ।’

गेरुगी र पुम्से यात्रा:‘म होचो भएकाले फाइटमा विपक्षीले त्यसको फाइदा उठाएजस्तो लाग्छ । त्यसैले १२ औं सागमा रजतमै सीमित भएको महसुस हुन्छ,’ केही समयअघि पुम्से विधामा लाग्नुको कारण आयशाले खोलेकी थिइन् । यसअघि उनले सागमा जितेका पदक, गेरुगी विधाअन्तर्गत थिए । आयशाको यात्रा पुम्सेमा मोडिएको धेरै भएको छैन । गत वैशाखमा आठौं राष्ट्रिय खेलकुद सुरु हुनभन्दा केहीअघि उनले पुम्से अभ्यास गर्न थालिन् । ‘ प्रयास गरियो भने कुनै न कुनै बाटो फेलापर्छ र एकदिन सफल भन्छ भनेर प्रशिक्षणलाई निरन्तरता दिएँ ।

अहिले हर्षविभोर छु,’ उनले भनिन् । आयशाले आफ्नो सफलताको जस परिवार र प्रशिक्षकलाई दिन चाहिन् । ‘मेरा दुई स्वर्ण दुई छोरा र मेरो परिवारलाई,’ उनले थपिन्,‘ अनि मेरो यात्रामा सहयोग गर्ने आदरणीय गुरुहरू र तमाम शुभचिन्तकलाई ।’आमा बन्नु सफलताका लागि बन्देज होइन, उत्प्रेरणा बन्नसक्छ । उनले यही साबित गरेकी छिन् । ‘जीवनमा हार नमान्नुहोस् । लागिरहनुहोस्, सफलता कुनै दिन हात लाग्छ,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकबाट