५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सागको तेस्रो दिन १५ खेलमा प्रतिस्पर्धा हुँदै (सम्पूर्ण जानकारी सहित)

आज सागको तेस्रो दिन १५ खेलमा प्रतिस्पर्धा हुँदै (सम्पूर्ण जानकारी सहित)
अ+ अ-

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज तेस्रो दिन १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको तेस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुने भएको हो । नेपालले दोस्रो दिनसम्म आउँदा १५ स्वर्णसहित शीर्ष स्थानमा रहन सफल भएको छ ।

सागमा मंगलबार कराते, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, खो खो, सुटिङ, साइक्लिङ, एथलेटिक्स, टेबलटेनिस, ट्रायथोलन, भलिबल, उसु र तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ ।ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुने तालिका रहेको छ भने अन्य खेल काठमाडौं मै हुनेछ ।

उसु: आज मंगलबार उसुका खेलहरु सुरु हुनेछ । खेल विहान ९ बजेबाट आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । थाउलो खेल विहान हुनेछ भने सान्सो साझ ४ बजेपछि हुनेछ । नेपालले उसुमा २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

साइक्लिङ: साइक्लिङको स्पर्धा मंगलबारबाट सुरु हुने भएपनि औपचारिक प्रतिस्पर्धा भने बुधबारबाट सुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

ट्रायथलन:पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु भएको छ । सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा महिलातर्फ नेपाली सोनी गुरुङले स्वर्ण जितेकी थिइन् । पुरुषमा बसन्त थारुले कास्य जिते । यस्रैगरी महिला फुटबलतर्फ पनि दुई खेल हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विहान १० बजे नेपालले श्रीलंकाको सामना गर्नेछ । हरि खड्काको नेतृत्वमा रहेको नेपाल निरु थापाको कप्तानीमा मैदान उत्रने छ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

क्रिकेट: आज क्रिकेट अन्तर्गत नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू २३ टिमसँग खेल्नेछ । टियु क्रिकेट मैदानमा बलियो टोलीविरुद्ध मैदान उत्रँदा नेपाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपालको लागि फाइनल पुग्नको लागी श्रीलंकामाथि जित महत्वपूर्ण हुनेछ । यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।

भलिबल: साग अन्तर्गत मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल ४ बजे सुरु हुनेछ । पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि १ बजे खेल्नेछ ।

सुटिङ:सुटिङका खेलहरु पनि मंगलबारबाट सुरुहुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा खेलमा नेपालको महिला टिमले दुई खेलमा प्रतिस्पर्धा जनाउँदैछ । महिला टिमले १० मिटर एअर राईफल १० मिटरतर्फ तथा टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्दैछ भने पुरुष टिमले ५० मिटर थ्री पोजिसन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदैछ । सुटिङ तर्फ नेपालले ५ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

तेक्वान्दो:तेक्वान्दोमा आज ४ स्वर्णको टुङ्गो लाग्दैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आज गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो । तेक्वान्दोको पहिलो दिन पुम्सेमा नेपालले ७ स्वर्ण जितेको थियो । मंगलबार पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ । ५४ केजीमा मनोज मल्ल, ६८ केजीमा विरबहादुर महराले चुनौती पेश गर्नेछन् भने महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले नेपालको चुनौती पेश गर्नेछिन् ।

ब्याडमिन्टन:पोखरामा हुने ब्याडमिन्टनतर्फ आज महिला टिम इभेन्टको फाइनलको खेल हुँदैछ । यस्तै अन्य प्रतिस्पर्धा सुरु हुनेछ । नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

एथ्लेटिक्स: मंगलबार एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्नेछ । दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्ने एको हो । आजसय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला, र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल मंगलबारनै हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत मंगलबार राखिएको छ ।

कराते: साग अन्तर्गत करातेमा मंगलबार पनि विभिन्न पदकको लागि खेल हुनेछ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । नेपालले ६ स्पर्धामा खेल्नेछ । सोमबार नेपालले ७ स्वर्ण जितेको थियो ।

खोखो: खोखोतर्फ मंगलबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

टेनिस: सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुदैछ ।नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ । महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

गल्फ:गोकर्ण फरेस्ट गल्फ क्लबमा आज गल्फको खेल सुरु हुनेछ । खेल बिहान १० बजेबाट सुरु हुनेछ । सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेबल टेनिस:टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

फुटबल:आज पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ । नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् ।