५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री ओलीको विशेष दूतका रुपमा को जाँदैछ भारत ?

प्रधानमन्त्री ओलीको विशेष दूतका रुपमा को जाँदैछ भारत ?
अ+ अ-

काठमाडौँ । यतिखेर नेपाल भारतबीचको सम्बन्ध चिसिएको छ । गत महिना मात्र भारतले नेपालको कालापानी लगायतको क्षेत्र अतिक्रमण गरिएको नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको हो । उक्त नक्सा तुरुन्त सच्याउन र सो क्षेत्रमा बसिरहेका भारतीय सेना तत्कालै हटाउन प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा नै भारतलाई भन्नुभएको छ । तर पनि भारतको पक्षबाट भने सो क्षेत्र समेटी तयार पारिएको नक्साको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बरु उत्तर प्रदेशका मुख्यमन्त्री र अन्य अधिकारीहरुमार्फत आफ्नो पुरानै अडान दोहोराएको छ ।

यता नेपाल सरकारले भने भारतसँग छिट्टै वार्ता गर्ने तयारी गरिएको र त्यसका लागि भारतसँग समय मागिएको बताएको छ । तर त्यो वार्ताको मिति भने तय भएको छैन । सायद वार्तामा बस्न भारतले समय नदएको पनि हुनसक्छ । तर नेपाल सरकारले ताकेता गरेपछि आगामी पुस महिनामा दुई देशबीच वार्ता हुने अवस्था देखिँदैछ । तर त्यो वार्ताको अगाडिका तयारीहरुका बारेमा भने नेपालले कुनै कार्यक्रम सार्वजनिक गरेको छैन । यसअघि प्रधानमन्त्रीको पहलमा नेपालका सबै राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेको थियो र त्यो बैठकले कालापानी क्षेत्र नेपालकै भएकोले त्यो नक्साबमोजिम नभएर नेपालको भूभाग फिर्ता गराउन नेपाल सरकार तदारुकताका साथ तुरुन्त लाग्नुपर्ने म्यान्डेट सरकारलाई दिएको थियो । सो म्यान्डेटअनुसार नै सरकार तयार पनि भएको छ र यसमार्फत आगामी केही दिनमा नै वार्ताको तयारी गरिएको बुझिएको छ ।

सोही वार्ताको वातावरणका लागि नै त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेगरी प्रधानमन्त्री ओलीले आफ्नो विशेष दूत भारत पठाउने तयारी गरिरहेको बुझिएको छ । सो विशेषदूतका रुपमा ओलीले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नेगरी पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली पठाउन चाहेको बुझिएको छ । यसकालागि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई विदेश भ्रमण छोट्याएर नेपाल फर्किन भनेका थिए । सोही बमोजिम उनी नेपाल आइसकेका छन् । प्रधानमन्त्रीले मन्त्री ज्ञवाली र परराष्ट्र सचिव शंकरदाश बैरागीसँग परामर्श गर्नुभएको छ । सोही बमोजिम पूर्वप्रधानमन्त्री नेपाललाई भारत पठाउने तयारी थालेको उच्च स्रोतहरूले जनाएका छन् ।

प्रधानमन्त्रीको यो प्रस्तावपछि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि माधव नेपालको नेतृत्वमा विशेष दूतको टोली नै दिल्ली पठाउने इच्छा जाहेर गरेको र प्रचण्डकै सहमतिमा नेकपाका नेता एवम् पूर्व परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठलाई पठाइने भएको हो । यो टोलीलाई भेट गराउनका लागि कुटनीतिक च्यानलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गरेर भेटवार्ताको व्यवस्था मिलाउने प्रयास भइरहेको भारतस्थित नेपाली दूताबास स्रोतले जनायो ।

नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले केही दिनअघि प्रधानमन्त्रीले कालापानीको विषयमा कुरा गर्न विशेष दूत दिल्ली पठाउन सक्ने धारणा केही सञ्चारमाध्यममार्फत सार्वजनिक गरको थिए ।
परराष्ट्र स्रोतका अनुसार उक्त विशेष दूतको टोली प्रधानमन्त्रीको पत्र सहित दिल्ली जानुपर्ने हुन्छ र त्यस अगावी भारतीय प्रधानमन्त्री मोदीको समय लिनुपर्ने हुन्छ । तर भारतीय प्रधानमन्त्री मोदीले भने अहिले नै नेपाल पक्षसँग यस विषयमा कुरा गर्न चाहेका छैनन् । तर त्यसका लागि आवश्यक तयारीको काममा परराष्ट्र जुटिरहेको बताइएको छ ।

प्रधानमन्त्रीले कुनै पनि देशसँगको विशेष वार्ता गर्नुपर्ने अवस्थामा आफ्नो दूतका रुपमा परराष्ट्र सचिव, परराष्ट्रमन्त्री वा कुटनीतिक क्षेत्रका नेतालाई विशेष दूताका रुपमा विदेश पठाउन सक्ने प्रचलन रही आएको छ । सोही बमोजिम यो तयारी भइरहेको बुझिएको छ ।