५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण चिकित्सकसंग सल्लाहा लिने’

‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण चिकित्सकसंग सल्लाहा लिने’
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गौलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ । “ उहाँले भन्नुभयो ।
“मिर्गौलाको आवश्यकता अनुसार डाइलोसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।” प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । सचिवालय बैठकमा हालै सम्पन्न भएको उपनिर्वाचनमा समीक्षा तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र गर्ने निर्णय गरेको छ ।

“अहिलेसम्म औचपारिकरुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको छैन तर औपचारिक समीक्षा आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्ने छौँ । ”उहाँले भन्नुभयो । ती कमिटीलाई बैठकले प्रतिवेदन पठाउन निर्देशनसमेत दिएको छ । नेकपाले सचिवालयको अर्को बैठक आगामी मङ्सिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धूम्बाराहीमा राखेको छ ।

उहाँका अनुसार उक्त बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको वाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा आवश्यक निर्णय लिने छ ।

दाङ घोराही उपमहानगरपालिका विद्रोही उम्मेदवार उठेकालाई तत्कालै कारवाही गरेर निष्कासन गरेको उहाँले जानकारी गराउनुभयो । नेकपाले यही मङ्सिर १४ गते भएको उपनिर्वाचनमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको प्रमुख र भक्तपुर क्षेत्र नं १ (क)को प्रदेशसभा सदस्य गुमाएको छ ।