५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानसँगको युद्ध विबादका कारण अफगान सीमाका बालबालिकाको शिकाइ प्रभावित



अ+ अ-

काठमाडौं । पाकिस्तानसँगको युद्ध विवादका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका कुनै बालबालिका नभएको र युद्धमा विद्यालयमा आक्रमण भए पछि विद्यालय परिसर सुनसान भएको जनाइएको छ ।

गत फेब्रुअरीको अन्त्यमा द्वन्द्व फैलिए पछि लगभग आठ हजार बासिन्दाहरू सिमावती क्षेत्रबाट भागेको जनाइएको छ । यस क्षेत्रमा प्राथमिक देखि उच्च मावी सम्मका विद्यालय रहेता पनि विद्यालय परिसर द्धन्द्धले क्षेतिग्रस्त भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएच्ए) का अनुसार अफगानिस्तानको उत्तरपूर्वी कुनार प्रान्तमा तत्काल पुनर्निर्माणको आवश्यकता पर्ने २२ मध्ये बारिकोट विद्यालय पनि एक हो ।

युद्धबाट विस्थापित लगभग १२ हजार विद्यार्थीहरूलाई अफगानिस्तानमा सिकाइ कक्षाहरू सञ्चालन गर्न सुरक्षित ठाउँहरू चाहिने ओसिएएचएले रिपोर्ट गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार चिनले वार्ताको मध्यस्थता गर्नुअघि अफगानिस्तानमा सीमा क्षेत्र लगायत देशका अन्य ठाउँमा सयौँ नागरिक मारिएका थिए ।

पाकिस्तानमा घातक आक्रमण गर्ने पाकिस्तानी तालिबानका आतङ्ककारीहरूलाई अफगानिस्तानले शरण दिएको आरोप इस्लामाबादले लगाएको छ । बारिकोटका बासिन्दाहरूले हिंसाको जिम्मेवार इस्लामाबाद भएको जनाएका छन् ।

करीव ९४ हजार भन्दा बढी अफगानहरू युद्धबाट विस्थापित भएको ओसिएचएको तथ्याङ्कहरूले देखाएको छ भने सबै भन्दा बढी कुनार प्रान्तमा छन् ।

तिनीहरूमध्ये हजारौँ कुनार नदीको किनारमा संयुक्त राष्ट्रसङ्घले सहयोग गरेका तिरपालले बनेको अस्थायी शिविरहरुमा बसिरहेका छन् । नदीको पानी पिउन योग्य नभएको कारण नजिकैको कुवाबाट पानी सङ्कलन गर्न एक घण्टा भन्दा बढी समय लाग्ने उनीहरुले जनाइएका छन् ।

विस्थापित अफगानहरूलाई समर्थन गर्ने नर्वेजियन शरणार्थी परिषद्का प्रवक्ता मैसम सफीले स्थिति डरलाग्दो भएको बताउदै उनीहरूको तत्कालको आवश्यकता आश्रय, वास ,पानी, सरसफाई भएको उल्लेख गर्नु भएको छ । शिविर रहेको मारवारा गाउँ र प्रान्तीय राजधानी असदाबादमा विद्यालयहरू विस्तापितहरुले भरिएको कुनारका सूचना प्रमुख नजीबुल्लाह हनीफले बताउनु भएको छ ।

मोहम्मद अमिन शाकिर विस्थापित हुनु अघि प्राथमिक विद्यालयका प्रिन्सिपल रहेको उल्लेख गर्दै आफ्ना २०० जना विद्यार्थीहरूका लागि विद्यालय बन्द भएकाले उनीहरु शिक्षाबाट पूर्ण रूपमा वञ्चित रहेको बताउनु भएको छ ।