५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सागको पाँचौं दिन यी १७ खेलहरु हुँदै, कुन खेल कहाँ हुँदैछ ? (सम्पुर्ण जानकारी सहित)

आज सागको पाँचौं दिन यी १७ खेलहरु हुँदै, कुन खेल कहाँ हुँदैछ ? (सम्पुर्ण जानकारी सहित)
अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज (बिहिवार) पाँचौं दिन विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज सागको पाँचौं दिनमा काठमाडौं र पोखरा गरि कुल १७ खेलमा प्रतिस्पर्धा हुदैछ । १७ खेल मध्ये पाँच खेलको सुरुवात हुनेछ । चौंथो दिनसम्म आईपुग्दा नेपाललाई पछि पार्दै भारतले ३७ स्वर्णसहित अग्रता बनाएको छ । २९ स्वर्णसहित नेपाल भने भारतलाई पछ्याईरहेको छ ।

आज (बिहिबार) आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,फुटबल,गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुने भएको हो । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने अन्य खेल काठमाडौंमा नै हुनेछ ।

आर्चरी: आर्चरी खेल बिहिबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरी खेलमा आज नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछन् । पाकिस्तान भने सहभागी नहुने भएको छ । बिहीबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् । आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

उसु: उसुतर्फ आज १८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष र महिलातर्फ ६–६ (सान्डा –फाइट) हुँदैछ । जम्मा २२ स्वर्ण रहेको उसुको अन्तिम दिन बिहिबार सम्पूर्ण विधाको स्वर्ण छिनोफानो हुनेछ ।

फुटबल: सागको महिला फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । दिउसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ । यस अघि श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी नेपाल माल्दिभ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ । सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ ।

सुटिङ:सुटिङतर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल रहेका छन् । महिलातर्फ थ्री बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राईफल पुरुषतर्फ फाइनल खेल हुँदैछ ।

क्रिकेट: साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा बिहिबार दुई खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले भुटानसँग खेल्दैछ । नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू–२३ संग खेल्ने छ । पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ

एथ्लेटिक्स:एथ्लेटिक्सतर्फ बिहिबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ६ खेलको फाइनल चरणको खेल हुनेछ ।

भारातोलन: आज पोखरा रंगशालाको कभर्ड हलमा हुने भारोतोलनतर्फ तीन महिला र दुई महिला तर्फ गरि कुल ५ स्पर्धा हुनेछ । बिहान १० बजे महिला तर्फ ४५ केजी, १२ बजे पुरुषको ५५ केजी, दिउँसो २ बजे महिलाको ४९ केजी, ४ बजे पुरुष ६१ केजी र ६ बजे महिलाको ५५ केजीमा प्रतिस्पर्धा हुनेछ ।

टेबल टेनिस:लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार विभिन्न स्पर्धामा खेल हुनेछ । बिहिबार नेपालले नेपालले मेन्स डबल्स र मिक्स डबल्समा गरि दुई कास्य पदक हात पारेको थियो ।

पौडी: पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पुरुष २ सय मिटर फ्रि–स्टिाईल, महिला २ सय मिटर फ्रि–स्टिाईल, पुरुष २ सय मिटर बे्रस्टस्ट्रोक, महिला २ सय मिटर बे्रस्टस्ट्रोकमा खेल्नेछ । यसैगरी पुरुष १ सय मिटर बटरफ्लाई, महिला १ सय मिटर बटरफ्लाई, पुरुष ४ गुणा १ सय मिटर फ्रि–स्टिाईल र महिला ४ गुणा १ सय मिटर फ्रि–स्टिाईलमा नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, महिला २ सय मिटर फ्रि–स्टिाईलमा भने नेपाली पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने निश्चित भएसकेको छ । बाँकी ईभेन्टमा कुन खेलाडीले प्रतिस्पर्धा गर्ने भोलि टुङ्गो लाग्नेछ ।

ह्याण्डबल: ह्याण्डबलमा बिहिबार लिग चरणका खेल हुनेछन् । समूह ‘ए’ को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासंग खेल्ने छ भने माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसंग खेल्ने छ । यस्तै समूह ‘बी’ तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासंग खेल्ने छ ।

बास्केटबल: बास्केटबल आजबाट सुरु हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ । पुरुष र महिला दुबैमा नेपालले बिहिबार बंगलादेशसँग खेल्नेछ । पुरुषको अर्को खेलमा भुटान श्रीलंका खेल्नेछ ।

कब्बडी:कब्बडीतर्फ दुवै तर्फ बिहिबार लिग चरणमा खेल हुनेछ । एपीएफ मैदान हल्चोकमा चार खेल हुनेछ । जसमा नेपालको महिला टिमले श्रीलंकासनाग खेल्नेछ । कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन्

बिच भलिबल: पोखरामा हुने बिच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछ । जसमा नेपालको पुरुषमा ४ खेल र महिलामा दुई खेल हुनेछ । बिहान ९ बजे मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले पाकिस्तानसँग खेल्नेछ । १० बजे नेपालका राजु बिक र सन्जु शाहको जोडीले पाकिस्तानकै टिमसँग खेल्नेछ । साढे एक बने मान र दिलको जोडीले श्रीलंकासँग खेल्नेछ । साढे २ बजे राजु र सन्जुको जोडीले श्रीलंकासँग खेल्नेछ । महिलामा साढे ३ बजे नेपालकी बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले श्रीलंकासँग खेल्नेछ । यस्तै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले श्रीलंकासँग नै खेल्नेछ ।

ब्याडमिन्टन:पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ बिहिबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । ब्याडमिन्टनमा बिहिबार नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेलहरु हुनेछ ।

गल्फ: गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको दोस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेनिस:सातदोबाटोस्थित टेनिस कोर्टमा बिहिबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । बिहान ९ बजेपछि खेल सुरु हुनेछ

तेक्वान्दो: तेक्वान्दोतर्फ बिहिबार पनि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले केहि स्वर्ण जित्ने सम्भावना रहेको छ । बुधबार नेपालले तेक्वान्दोमा दुई स्वर्ण जितेको थियो ।