२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।

म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।

विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

सुचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेकिप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

शवहरू प्रान्तीय राजधानी पोन्टियानाकमा लगिएको मेडले बताउनु भएको छ । यस अघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकप्टर सुलावेसी टापुको पाहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।

गत वर्षको सेप्टेम्बरमा, दक्षिण कालिमान्टन प्रान्तमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य बोकेको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै यात्रर तथा चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

यस अघि इलागाको दुर्गम पपुवा जिल्लामा अर्को हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।