५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब, हरेक दिन औसतमा ७ जनाको मृत्यु

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब, हरेक दिन औसतमा ७ जनाको मृत्यु
अ+ अ-

काठमाडौं । नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन। दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो। अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ।

अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ। दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ। सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ। गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ। ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना (आर्थिक वर्ष २०७६/७७ साउन–कात्तिक) मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्।

ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्।निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन्। हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना गम्भीर घाइते हुने गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दुर्घटनाको ठूलो आर्थिक सामाजिक मूल्य रहेको बताए। ‘परिवारले भोग्ने पीडा छँदै छ, आयआर्जन गर्ने उमेरका परिवारका सदस्यको अंगभंग या मृत्यु हुँदा यसले भयावह समस्या सिर्जना गर्छ,’ उनले भने, ‘अंगभंग भएकाको उपचारमा ठूलो खर्च गर्नुपर्ने हुन्छ भने आर्थिक रुपले सक्रिय हुन नसक्ने जनसंख्या बढ्नु देशका लागि पनि दीर्घकालीन भार सिर्जना हुनु हो।’

गम्भीर घाइते आयआर्जनका क्रियाकलापमा सहभागी हुन सक्दैनन्। अरूको सहायतामा जीवनयापन गर्नुपर्ने भएकाले उनीहरूलाई परिवारका अन्य सदस्यमा आश्रित हुनुपर्छ। दुर्घटना न्यूनीकरण गरी मानिसको जीवन बचाए त्यसले आर्थिक विस्तारलाई टेवा दिनेछ। डब्लूएचओका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ। हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन्। विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौंको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन्।

प्रहरी नायब महानिरीक्षक पोखरेलले सडक दुर्घटना न्यूनीकरणमा पहिलो दायित्व चालककै हुने बताए। ‘जसले ड्राइभिङ गर्छ, सुरक्षित ढंगले सवारी चलाउनु उसको पहिलो कर्तव्य हुन्छ,’उनले भने। हामीकहाँ सडक दुर्घटनाका प्रमुख कारण चालकको लापरबाही नै हो। सडक अनुशासन कायम नगरी जथाभाबी ढंगले ड्राइभिङ गर्दा बढी दुर्घटना भइरहेका छन्। तीव्र गति, ओभरटेक, ओभरलोड, पैदल यात्रुको लापरबाही, यान्त्रिक गडबडी, सडकमा खुला छाडिने चौपाया आदिका कारणले पनि सडक दुर्घटना हुने गरेका छन्।

‘तीव्र गति, ओभरटेक, सडक अनुशासन पालना नगर्ने, ओभरलोडका कारणले बढी दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहले कुनै इन्जिनियरिङ बिना डोजर लगाएर कच्ची सडक निर्माण गर्ने र त्यहाँ ओभर लोड राखेर सवारी चलाउँदा दुर्घटना बढेको छ।’ दुर्घटना न्यूनीकरणका लागि यात्रु पनि उत्तिकै सचेत बन्नुपर्ने बताउँछन् यातायात विज्ञ आशीष गजुरेल। सडक सुरक्षाका लागि एउटा समर्पित निकाय आवश्यक रहेको उनको भनाइ छ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग र ट्राफिक प्रहरीले एउटा एकाइ राखेर सडक सुरक्षामा काम गरेर पुग्दैन,’ उनले भने, ‘एउटा विशेष र समर्पित संयन्त्र बनाएर त्यसले सडक सुरक्षाका लागि कार्य योजना बनाउने, नीति बनाउने, अनुसन्धान गर्ने, सचेतना जगाउने जिम्मेवारी दिनुपर्छ।’ सरकारले सडक सुरक्षाको प्रबन्ध गर्न सडक सुरक्षा विधेयक मस्यौदा गरिसकेको छ भने राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने तयारी भइरहेको छ।

‘कानुन र संस्थागत संयन्त्र भएपछि यसले सुरक्षित, पहुँचयोग्य र दिगो सडक यातायात प्रणाली विकास गर्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने। नेपालको भूबनोटका कारण पनि पहाडी भूभागमा सवारीसाधन चलाउँदा सचेतना अपनाउन आवश्यक छ। सुरक्षित सडक पूर्वाधार, सडक प्रयोगकर्ताको आचरण सुधार, सवारीसाधनको फिटनेस परीक्षण र दुर्घटना भइहालेमा छिट्टै राम्रो उपचार पुर्याउन सकेमा क्षति न्यूनीकरण गर्न सकिने बताइएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट