५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

कार्यदिशा बदल्दै नेकपा, वैज्ञानिक समाजवाद हुँदै साम्यवाद जाने

कार्यदिशा बदल्दै नेकपा, वैज्ञानिक समाजवाद हुँदै साम्यवाद जाने
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टीको विधान संशोधन गर्ने भएको छ । कार्यदिशामा देखिएको अस्पष्टतालाई सम्बोधन गर्न र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्न लागिएको हो । नेकपाले अबको कार्यदिशा वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने उल्लेख गर्ने भएको छ । एक वर्ष अघि बसेको स्थायी कमिटी बैठकले पनि विधान संशोधनको प्रस्ताव अघि बढाएको थियो । त्यतिवेला पार्टीको राजनीतिक कार्यदिशा सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण पार्टीको तत्कालीन लक्ष्य तय गरिएको थियो ।

‘जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवंम लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तत्कालीन लक्ष्य हो’, पार्टीको अन्तरिम विधानको प्रस्तावनामा लेखिएको छ । तर, यसलाई परिमार्जन गरेर अब वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने संशोधन गरिने भएको छ । विधान संशोधनका लागि पार्टी स्थायी कमिटिको बैठक बोलाइएको छ ।

मंसिरको अन्तिम दुई दिन २९ र ३० गतेका लागि बोलाइएको बैठकमा विधान संशोधन गर्ने एजेन्डा तय गरिएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटिको बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपाले पार्टीको कार्यदिशा परिवर्तन गर्न लागेको जानकारी दिए । ‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने राखिनेछ,’ श्रेष्ठले भने ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता हुँदा लामो समयसम्म पार्टीको कार्यदिशा के हुने भन्ने बहस चलेको थियो । एमालेले नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले एक्काइसौँ शताब्दीको जनवादलाई कार्यदिशा मान्दै आएका थिए । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र सविचालय बैठकले गरेका निर्णयहरूलाई बल पुग्ने गरी विधान संशोधनको तयारी पार्टीले गरेको श्रेष्ठको भनाइ छ । ‘यसअघिको स्थायी कमिटीको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गरेको छ ।

त्यो संशोधनका विषयमा स्थायी कमिटीको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरूलाई पनि आधार बनाई संशोधन प्रस्ताव तयार गरिनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘यो प्रस्ताव स्थायी कमिटी र आवश्यकता अनुसार केन्द्रीय कमिटीमा पेस गरेपछि कार्यान्वयनमा जानेछ ।’ नेकपाले पार्टीमा उपाध्यक्षको पद पनि थप्ने भएको छ । अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ ।

गत साउनमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । विधानमा उपाध्यक्षको व्यवस्था नै नभएकाले अनुमोदनका लागि स्थायी समितिको बैठकमा पठाउने सहमति भएको थियो ।नेकपाले पार्टीको सदस्यता वितरण गर्ने तयारी पनि गरेको छ । लामो समयदेखि पार्टी सदस्यता वितरण रोकिएकाले त्यसलाई खुल्ला गर्ने तयारी गरेको छ । संगठन विभागले एक कार्ययोजना सम्बन्धि प्रस्ताव प्रस्तुत गर्दै सदस्यता वितरण गर्नेलगायतका विषय उल्लेख छ ।

ती विषयमाथि अध्यक्षद्वयले छलफल गरेपछि अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालयको अर्को बैठक मंसिर २७ गते बोलाइएको छ । सोमबार करिब तीन घण्टा बसेको सचिवालय बैठकले विभिन्न जिल्लाहरूमा संगठनात्मक क्षेत्रमा केही समस्याहरू देखापरेको भन्दै संगठनात्मक समस्याहरूको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, केन्द्रीय निकायहरू, अर्थात् केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोगहरू र केन्द्रीय विभागहरूको पूर्णताका निम्ति प्रमुख र उपप्रमुखहरूले सात दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिवमार्फत प्रस्तुत गर्ने र यसपछि बस्ने सचिवालयको बैठकले ती सबै निकाय र विभागहरूलाई पूर्णता दिने गरी निर्णय लिने भएको छ । बैठकले पार्टीको कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गरेको छ । सौर्य दैनिकबाट