२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशबाट निर्वाचित सासंदसंग प्रधानमन्त्रीको छलफल, के भयो कुरा ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा सांसदहरूले प्रदेशका विकास निर्माणका विषयलाई प्राथामिकता दिएका थिए ।

उनिहरुले प्रधानमन्त्री शाहलाई भैरहवा विमानस्थल सञ्चालनका लागि हवाई मार्गबारे भारतसँग कुराकानी गर्न आग्रह गरेका छन् । छलफलमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

उहाँले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन सुझाब दिनुभयो ।

उहाँले भन्नुभयो ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’, पुनले छलफलमा भने, ‘अन्तर्राष्ट्रिय हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’

सासदहरुले लुम्बिनी प्रदेशमा सिंचाई, मल, बिउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत विकास परियोजना अघि बढाउन पनि सुझाब दिएका छन् ।