१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी हुने रैछ अस्पताल हाताभित्रै नियमविपरीत मेडिकल सञ्चालन



अ+ अ-

जुम्ला । कर्णाली प्रदेशकै स्वास्थ्य क्षेत्रको स्वास्थ्य हबका रूपमा रहेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रै वर्षौदेखि निजी मेडिकल सञ्चालनमा छन् । प्रतिष्ठान हाताभित्र निजी मेडिकल खोल्न नपाइने अदालतको आदेश उल्लंघन गर्दै प्रतिष्ठानमै निजी मेडिकल सञ्चालन गरेर अदालतको आदेशको उल्लंघन गरिएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र मेडिकल सञ्चालन गर्नु अस्पताल फार्मेसी निर्देशिका २०७० को विपरीत हो ।

तर, निर्देशिका विपरीत निजी फार्मेसी सञ्चालन गरिएका छन् । यति मात्र नभई निजी फार्मेसीले चर्को मूल्यमा औषधि पनि बिक्री गरिरहेको छ । प्रतिष्ठान हाताभित्र बिरामीको सहजताका लागि नेपाल रेडक्रसले ब्लड बैंक स्थापना गरेको थियो । तर, ब्लड बैंकमा कहिल्यै रगत हुँदैन । अहिले पनि प्रतिष्ठानमा रगत अभाव हुँदा नेपाली सेनाको भर पर्नुपर्ने बाध्यता छ । अस्पताल परिसरमा भएका अन्य संघसंस्था र सेवा प्रदायक निकायले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेर काम गर्ने व्यवस्था गरिएको भए पनि उक्त कार्य पूर्ण रूपमा पालन हुन सकेको देखिँदैन ।

उक्त भवनमा ब्लड बैंक स्थापना भए पनि सञ्चालनमा छैन । अस्पताल प्रशासन र रेडक्रसको मिलेमतोमा निजी मेडिकल सञ्चालन गरिँदै आएको छ । यस्तै, अस्पताल हाताभित्र कुनैपनि व्यक्तिलाई भाडा वा ठेक्कामा फार्मेसी खोल्ल नदिने भनी १३ असार २०७२ मा सर्वोच अदालतले आदेशसमेत दिएको थियो । उक्त आदेशमा अस्पतालबाट फार्मेसी सञ्चालन गर्ने, सरकारबाट घोषित निःशुल्क औषधि वितरणको व्यवस्था गर्नुपर्ने बताइएको थियो ।

तर, प्रतिष्ठानले भने उक्त आदेशको विपरीत कार्य गरेको देखिन्छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफलेले प्रतिष्ठानले हटाउनका लागि पत्र काटेको बताए । उनले भने, ‘ रेडक्रससँगको सम्झौता भएकाले त्यो रेडक्रसले नै हटाउनुपर्छ ।’ राजधानी दैनिकबाट