१ भाद्र २०८३, सोमबार
,
Latest
देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुहरूलाई जबरजस्ती गर्ने ४८ जना काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । सर्वसाधारण यात्रुहरूलाई दुर्व्यवहार गर्ने र जबरजस्ती आफूले भनेको सवारी साधनमा यात्रा गर्न दबाब दिने गरेको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उपत्यका बाहिर जाने यात्रुहरूलाई लक्षित गर्दै केही व्यक्तिहरूले बस तथा सुमोमा चढेर आफूहरूले तोकेको सवारी साधनमा मात्र यात्रा गर्नुपर्ने भन्दै जबरजस्ती तान्ने, दुर्व्यवहार गर्ने तथा अभद्र व्यवहार गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले कालीमाटी वृत्त र मातहतका इकाइमार्फत काठमाडौं महानगरपालिका–१४ बल्खु क्षेत्रबाट १९ जनालाई नियन्त्रणमा लिएको छ। यस्तै, सोही वडाको कलंकी क्षेत्रबाट थप २४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले ५ जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार यात्रुहरूलाई अनावश्यक हैरानी दिने तथा जबरजस्ती गर्ने गतिविधि रोक्न नियमित निगरानी र कारबाहीलाई तीव्र बनाइएको छ।