१ भाद्र २०८३, सोमबार
,
Latest
देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेका छौँः सहकारी सचिव भुजेल



अ+ अ-

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल  समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेको बताएका छन् ।

६९ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे मन्त्रालयले छलफल अघि बढाएको बताएका हुन्  । सहकारीको मूल्यमान्यताअनुसार चल्नुपर्नेमा केही सहकारीमा विचलन आएको सचिव भुजेलले बताए ।

सचिव भुजेलले सहकारी क्षेत्रको प्रवद्र्धन तथा हाल देखिएका समस्याहरू समाधान गर्न सरोकारवालासँग समन्वय र छलफललाई सुदृढ गर्दै परिणाममुखी ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहलहरू मन्त्रालयले अघि बढाउने बताए ।