१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवाद: नेपाली पक्षको नियमित ताकेता, भारत भने आनाकानी गर्दै



अ+ अ-

काठमाडौं । नेपाली भूमि कालापानीका विषयमा भारतले वार्ता गर्न आनाकानी गरेको खुलेको छ । भारतले नै यसविषयमा छलफल कहिले हुन्छ भनेर टुंगो नलागेको स्पष्ट पारेको छ । नेपाली पक्षले नियमित रुपमा वार्ताका लागि ताकेता गर्दा पनि भारतले यसविषयमा आनाकानी गर्दै आएको छ । भारतले केही समय अगाडि जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो भूभागमा समेटेपछि कडा आपत्ति जनाउँदै आएको छ । यद्यपी यस विषयमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले मात्र अहिलेसम्म जवाफ दिएका छन् ।

योभन्दा माथिल्ला अधिकारीले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् । भारत सरकारले नेपाल–भारत सीमा विवादसम्बन्धी बैठक कहिले हुन्छ भन्न नसकिने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नियमित पत्रकार सम्मेलनमा वार्ताको विषयमा आपूmले केही बताउन नसक्ने जानकारी गराए । यद्यपि उनले सीमाका विषयमा नेपाल र भारतबीच कुटनीतिक संयन्त्रमार्फत नै कुरा हुने भने बताए । नेपालले एक महिनाअघि नै परराष्ट्र मन्त्रालयका सचिवस्तरीय वार्ताका लागि गरेको प्रस्तावबारे पत्रकारले राखेको जिज्ञासामा उनले यस्तो प्रतिक्रिया जनाएका हुन ।

यसअघि पनि विदेश मन्त्रालयले भारतले पछिल्लो पटक जारी गरेको नक्सामा सीमा हेरफेर नगरिएको दाबी गरेको थियो । उसले आफ्नो सार्वभौम भूमिमात्र समावेश गरेको उल्लेख गर्दै आएको छ । भारतले कात्तिक १६ मा जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र आफ्नो क्षेत्रमा देखाएपछि नेपालमा विरोध हुँदै आएको छ । त्यसपछि नेपालले कूटनैतिक नोट पठाउँदै सचिव स्तरीय वार्ताको प्रस्ताव गरेको थियो । तर, त्यसमा भारतले कुनै प्रतिक्रिया जनाएको छैन । यता, नेपालले भने सत्य कुरालाई टेकेर भारत अगाडि बढे राम्रो हुने प्रतिक्रिया दिएको छ ।

सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सत्यलाई स्वीकार गर्दै अगाडि बढेमा भारतलाई फाइदा हुने बताए । भारतसँगको सीमा विवादको प्रश्न कालापानी र लिपुलेकको नभई लिम्पियाधुराको रहेको उल्लेख गर्दै उनले सत्यलाई स्वीकार गर्ने विषयमा भारतले अवश्य सोच्नेमा आपूm विश्वस्त रहेको बताए । उनले नेपालले पहिलोपटक ’डिप्लोमेटिक नोट’ दर्ज गरेको स्मरण गर्दै यसलाई पहिलो स्टेप मान्नुपर्ने बताए । ‘यो जुन नक्सा सार्वजनिक भएको छ त्यो आज भएको होइन’ उनले भने, ‘यो विषय आजको विषय होइन ।

पुरानो विषय भएकोले लामो प्रक्रियामा समाधान गर्न तथ्य र सत्यका आधारमा कन्भिन्स गर्ने हो । इतिहासमा पहिलोपटक सरकारले यो काम गरेको छ’, उनले भने । मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा थप छलफल गर्न विशेष दूत पठाउन सक्ने पनि जानकारी गराए । यद्यपी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउन खोजेको विषयमा भने आपूmलाई जानकारी नभएको दाबी गरे । उनले आफूले पनि सञ्चार माध्यमबाट विशेष दूत पठाउन लागेको विषय थाहा पाएको बताए ।

‘विशेष दूत पठाउने कुरा मैले पनि मिडियाबाटै थाहा पाएँ । मिडियामा चर्चा भयो र त्यहीँ सेलायो । सरकारले दूत पठाउन सक्छ तर हामीले जानकारी पनि गराउन खोजेको हो’, मन्त्री बाँस्काटाले भने । उनले कसैले स्ट्याटस लेखेको भरमा त्यसको पछि नपर्न आग्रह समेत गरे । ‘कसैले स्ट्याटस लेख्यो भन्दैमा त्यसका पछाडि कुद्ने होइन । भोलिका दिनमा त्यो हुन सक्छ पिएमले गर्नुहुन्छ आज भएको होइन’ उनले अगाडि भने ‘हामीले माधव नेपाल, झलनाथ खनाल भनेर कित्ताकाट गर्दैनौँ ।’ सौर्य दैनिकबाट