१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली पक्राउका बिरुद्धमा एमालेको देशैभरि प्रदर्शन (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । आज बिहाज नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पक्राउ गरिएको बिरुद्धमा देशैभरि प्रदर्शन भएको छ । आज अपराह्नदेखि नै काठमाडौँको बबरमहल र माइतीघरमा प्रदर्शन भएको थियो र त्यसमा प्रदर्शनकारी र प्रहरीका रुचमा झडपहरु भएको थियो ।

प्रदर्शनकारीहरुले सढडकका डिभाइडरहरु जम्मा गरेर जलाइदिएका थिए । उनीहरुले एउटा निजी गाडीमा पनि तोडफोड गरेका थिए । त्यसैगरी प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

बबरमहलमा जम्मा भएका एमाले कार्यकर्ताहरुले  ओलीलाई रिहाई नगर्ने हो भने देशैभरि झन् ठूलो आन्दोलन हुने बतएका थिए ।

उता काठमाडौँ बाहिर पनि नेपालगञ्ज, पोखरा, विराटनगर, कञ्चनपुर लगायतका कैयौँ क्षेत्रमा पनि ओलीलाई रिहाइको माग गर्दै र उनलाई पक्राउ गरिएको विषयको विरोध गर्दै जुलुश प्रदर्शन गरिरहेका छन् । उनीहरुले ओलीको रिहाईको माग पनि गरेका छन् ।

ओलीलाई पक्राउ गरिने भएपछि सम्भावित मुठभेडको अनुमान गरेर नै नेपाल प्रहरी र सशस्त्र प्रहरी नेतृत्वले प्रहरीलाई तयारी अवस्थामा बस्न र विदा नलिन हिजोराति नै सूचित गरेको थियो । आज बिहानै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भक्तपुरस्थित उनीहरुको निवासमै पुगेर पक्राउ गरेको थियो ।

आज बिहानै बसेको एमालेको आकस्मिक बैठकले देशैभरि सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । ओली पक्राउ परेपछि वरिष्ठ उपाध्यक्ष रामबहाुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो ।

प्रहरीका अनुसार ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग ले बुझाएको प्रतिवेदनका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो।

अनुप प्रधान/ न्युज एजेन्सी नेपाल