१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा, मोरङ र सुनसरीलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु



अ+ अ-

मोरङ । कोसीपूर्वका तराईलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु भएको छ । झापा, मोरङ र सुनसरीलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु गरिएको हो । इनरुवा–काँकड्भिट्टा रेल्वे लाइन र इटहरी–विराटनगर लिंक लाइन रेल्वेका लागि तयारी सुरु गरिएको छ । इनरुवा काँकड्भिट्टाखण्ड १०६ दशमलव ५९ र इटहरी–विराटनगरखण्ड २० दशमलव १६ किलोमिटर विद्युतीय रेलमार्ग निर्माण गरिने प्रस्ताव गरिएको छ । ११ रेल्वे स्टेसन मार्गरेखामा प्रस्तावित छन् ।

१० स्टेसन मुख्य लाइनमा र एउटा स्टेसन लिंक लाइनमा राखिने प्रस्ताव छ । इनरुवा–काँकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक आयोजनामा तीन जिल्लाका १८ वटा स्थानीय तहका ६३ वटा वडा पर्ने भएका छन् । रेल्वेको परामर्शको काम दोहा इन जेभी विथ केआरएनए, सोसुङ एन्ड सिल्ट इन एसोसिएसन विथ ईआरएमसी एन्ड मेटेरियल टेस्ट गौशाला काठमाडौंले गरेको छ । परामर्शदाता संस्थाले आइतबार विराटनगरमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ ।

रेल्वे परियोजनाका लागि ९० अर्ब रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । प्रतिघण्टा २ सय किलोमिटरको गतिमा गुड्ने विद्युतीय रेलले झापा, मोरङ र सुनसरीको ५१२ दशमलव ६९ हेक्टर खेतीयोग्य जमिनलाई प्रभाव पार्ने देखिएको छ । आयोजना निर्माणका क्रममा ५३ दशमलव ६१ प्रतिशत जल क्षेत्र र ३३ हेक्टर बस्तीमा प्रत्यक्ष प्रभाव पार्ने वातावरणीय विज्ञ रिकेश चित्रकारले बताए । उनले मेन लाइनका ३५७ र लिंक लाइनका १९३ भौतिक संरचनामा प्रत्यक्ष असर पुग्ने बताए ।

इनरुवा–काँकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक लाइनसहितको कार्यन्वयनले ६६६ संरचना प्रत्यक्ष प्रभावित हुने देखिएको छ । वातावरणीयविज्ञ चित्रकारका अनुसार विद्युतीय रेल निर्माणका क्रममा झापा र मोरङका पाँचवटा सामुदायिक वनको २० हेक्टर क्षेत्र प्रभावित हुनेछ । त्यसमा ८७४ वटा ठूला रूख काट्नुपर्ने देखिन्छ । सार्वजनिक सुनुवाइमा पूर्वमन्त्री शिव बस्नेत, नेपाली कांग्रेसका नेता भक्तिनाथ माझी, कटहरीका स्थानीय विश्वनाथ माझीलगायतले योजना मात्र बन्ने तर काम नहुने गरेको भन्दै विद्युतीय रेल निर्माणका काम छिटो सुरु गर्नुपर्ने बताए । राजधानी दैनिकबाट