१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता कानुनविरूद्ध कन्हैयाले घन्काए ‘आजादी’ नारा



अ+ अ-

नयाँ दिल्ली । भारतमा नागरिक कानुनविरुद्ध चर्किएको आन्दोलन क्रममा भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमारले आफ्नो बहुचर्चित ‘हम लेके रहेंगे आजादी’ भन्ने नारा घन्काउँदै दसौं हजारको प्रदर्शन गरेका छन्।

नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि कन्हैया कुमारले उक्त प्रदर्शन गरेका हुन्।

कन्हैया दिल्लीकै जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संगठनका पूर्वअध्यक्ष हुन्। उनले त्यही विश्वविद्यालयबाट पिएचडी गरेका थिए।

नागरिकता कानुनविरुद्ध सोमबार पूर्णियामा भएको विशाल प्रदर्शनमा कन्हैयाले जामिया मिलिया विश्वविद्यालयमा प्रहरी धरपकडको विरोध गरे। उनी मञ्चमा उभिएर ‘गान्धीवाली’, ‘बिस्मिलवाली’ ‘भगत सिंहवाली’ भन्थे, जवाफमा हजारको भिड ‘आजादी’ भन्दै नारा लगाउँथे।

कन्हैया कुमारले उक्त प्रदर्शनको भिडिओ आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनी नरेन्द्र मोदी सरकारको प्रखर आलोचकका रूपमा चिनिन्छन्। मोदी सरकारले हिन्दुत्वलाई बढावा दिएर देशलाई जातीय र धार्मिक रूपमा विभाजित गरेको भन्दै उनले विरोध गर्दै आएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा बिगुलसराय निर्वाचन क्षेत्रबाट उनी पराजित भएका थिए।