५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नेकपामा ड्रेस कोड !

नेकपामा ड्रेस कोड !
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आइतबारदेखि जारी रहेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा तीन दिन यता जारी बैठकमा मंगलबारसम्म २५ स्थायी सदस्यले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधनको प्रस्तावमाथि धारणा राखिरहेका छन् । मंगलबार पनि बिहान ११ बजेपछिबाट बैठक सुरु भएको थियो । बैठक सुरु हुनसाथ सचिवालयका पाँच सदस्यको ड्रेस कोड एउटै देखिएको छ । नेकपामा समाजवाद र साम्यवादका कुरा उठिरहेका वेला शीर्ष पाँच नेता एउटै ड्रेस कोडमा देखिएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल ओभरकोटमा देखिए । जाडोको मौसम भएकाले तीन नेताले कालो रंगको ओभरकोटमा बैठकमा सहभागी भएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा प्रस्ताव गरिएका बामदेव गौतम पनि ओभरकोटमै बैठकमा उपस्थित भए । शीर्ष तीन नेताको लगभग कोटको ‘स्टाइल’ भने मिलेको थियो । नेताहरूले यो कुनै ड्रेस कोड नभई मंगलबारको बैठकमा लगाएको लुगा मिलेको र यो एउटा संयोगमात्र भएको बताएका छन् ।

मंगलबारको बैठकमा नेताहरूले पार्टी नेतृत्व र पार्टीलाई अझै सुधार गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा लिखित धारणा राख्दै प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेलले पार्टीले आफ्नो अनुभवहरूलाई सिद्धान्तकृत गरी अघि बढनुको बिकल्प नरहेको धारणा राखेका छन् । ‘जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौँ शताब्दीका जनवादमा होस् हामीले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरेका छौँ ।

परिणामस्वरुप दुई भिन्न कार्यदिशा बोकेका पार्टीहरूको अग्रसरता र पहलकदमीमा जनअधिकारले सुसज्जित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संविधानसभाबाट जारी भएको थियो । र उक्त संविधानले नै लोकतान्त्रिक बाटोबाट समाजवाद निर्माणको बाटो खोलिदिएको छ,’ पोखरेलले बैठकमा भने, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद लेनिनवाद भनेर मात्र उल्लेख गर्नु नेपालको कम्युनिस्ट आन्दोलनको उपलब्धि र अनुभवमा आधारित सैद्धान्तिक र वैचारिक मान्यताबाट पन्छिनु हो ।

आफ्ना अनुभवहरूलाई संश्लेषण गर्दा समस्या आउँछ भनेर त्यसबाट नै पन्छिनु उचित होइन । तसर्थ पार्टीले अबिलम्व आफ्ना अनुभवहरूलाई सिद्धान्तकृत गरी त्यसको मार्गदर्शनमा अघि बढ्न तयार हुनु पर्दछ ।’ कृषिमन्त्री समेत रहेका घनश्याम भुसालले पार्टीमा एक सातासम्मको कार्यशाला आयोजना गर्न माग गरेका छन् । लिखित प्रस्ताव राख्दै भुसालले केन्द्रीय बैठकअघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यकाबीचमा कार्यशाला आयोजना गर्न माग गरेका छन् । ‘आजको पार्टी’ वा ‘कम्युनिस्ट पार्टीको आजको कार्यभार’ वा यस्तै खालका अन्य उपयुक्त शीर्षकमा ५ देखि ७ दिनको कार्यशाला राख्नुपर्ने उनको सुझाव छ ।

भुसालले निर्वाचन जित्नु र बहुमतको सरकार चलाउनु मात्रै उपलब्धी ठानेको जस्तो देखिएको बताएका छन् । ‘यी दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौं भन्ने देखिन्छ’ चार पृष्ठ लामो लिखित प्रस्तावमा भुसालले भनेका छन् ‘कमरेडहरू, खासगरी नेतृत्वका कमरेडहरू, उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ ।’ स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने पार्टीले चुनावका बेलामा भनेका काम सरकारले तदारुकताका साथ पूरा गर्न नसकेको बताएका थिए ।

उनले पार्टी एकतालाई मजबुद बनाउन अझै काम बाँकी रहेको धारणा राखेका थिए । अन्य सदस्यहरूले भने पार्टी संगठित नभएकाले सरकारका राम्रा कामको संरक्षण गर्न नसकिएको र नराम्रा कामबारे सुझाव दिने ठाउँ नरहेको भनाइ थियो । तेस्रो दिनको बैठकमा नन्दकुमार प्रसाईं, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, बेदुराम भुसाल, शक्ति बस्नेत केशव बडाल, लेखराज भट्ट, विष्णुपुकार श्रेष्ठलगायतका १३ जनाले आफ्ना धारणा राखेका थिए । सौर्य दैनिकबाट