११ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित



फाइल फोटो
अ+ अ-

कैलाली। कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।

कैलालीको कैलारी गाउँपालिका-७ का महावीर चौधरीले दुई बिघा खेतमा गहुँ र एक बिघा खेतमा मसुरोको खेती गर्नुभएको छ । उहाँको खेतमा गहुँ पाकेर भित्र्याउने बेलामा भएको छ भने मसुरो केही पाकेको र केही फूल फुल्ने अवस्थामा छ ।

हिजोआज मौसम छिनछिनमा फेरबदल भइरहेकाले कतै पानी परेर भित्र्याउने बेला भएको अन्नबालीमा नोक्सान हुन्छ की भन्ने मनमा एक किसिमको चिन्ता हुने गरेको बताउनुभयो । “केही दिनअघि मात्रै पानीसँगै आएको हावाहुरीले गहुँ र मसुरोमा केही क्षति पु¥याएको थियो”, उहाँले भन्नुभयो, “हिजोआज पनि त्यस्तै भइरहेको छ, मौसम एकनाश नभएकाले मनमा चिन्ता छ ।”

कहिले घाम लाग्ने त कहिले बादल लागेर पानी पर्ने अवस्थाले खेतमा पाकेको गहुँबालीमा असर पर्ने डर बढेको यहाँका स्थानीय किसान नन्दराम साउँदलेबताउनुभयो । मौसम एकनाशको छैन कतिबेला पानी, हावाहुरी आउँछ कुनै ठेगान नभएकाले पाकेको बालीमा नोक्सान पुर्‍याउने भन्ने डर किसानमा मनमा छ ।

पछिल्ला केही दिनयता कैलालीमा मौसममा आएको आकस्मिक फेरबदलले यहाँका किसान चिन्तित बनेका छन् । गहुँ भित्र्याउने समयमा मौसम अस्थिर बनेपछि यहाँका किसानलाई बाली जोगाउन सकस परेको छ । बेमौसमी वर्षा र हावाहुरीले गहुँबाली ढल्ने, भाँचिने तथा खेतमै बिग्रिने हो कि भन्ने किसानका मनमा डर देखिएको हो । रासस