१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दलित तथा गैरदलितबीचको असमानता हटाउन राज्यले कार्यक्रम ल्याउनुपर्छ’



अ+ अ-

मोरङ। दलित तथा गौरदलितबीचको असमानता हटाउन तीन तहको सरकारले बजेट एवं कार्यक्रम ल्याउनुपर्ने सुझाव प्राप्त भएको छ ।

दलित महिला सङ्घ (फेडो) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ६१औँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको उपलक्ष्यमा ‘कोशी प्रदेशमा दलितको अवस्था’ विषयक अन्तक्र्रियामा सहभागीले उक्त सुझाव दिएका हुन् । उनीहरुले शिक्षा, जन्म, मृत्युदर, औसत आयु, आर्थिक अवस्थालगायत तथ्याङकका आधारमा राज्यले नीति, कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘जातीय विभेद अन्त्यका लागि राजनीतिक दृढ इच्छाशक्ति सशक्त बनाऔँ’ भन्ने अन्तरराष्ट्रिय नारा तथा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित अन्तरक्रियामा इन्सेकका कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल, रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा, फेडो मोरङकी अध्यक्ष शर्मिला परियारलगायतले आफ्ना धारणा राखेका थिए । त्यसक्रममा २०७८ को जनगणनाअनुसार दलित र गैरदलित समुदायबीच आधारभूत विषयमा समेत निकै अन्तर देखिएकाले दलित समुदायलाई राज्यको लगानी आवश्यक रहेको अधिकांशको भनाइ थियो ।

फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले राष्ट्रिय जनगणना २०७८ दलितसम्बन्धी तथ्याङ्क प्रतिवेदन संक्षेपमा प्रस्तुत गर्नुभएको थियो ।
रासस