१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसामुक्त समाज निर्माणमा सबै पक्षको योगदान आवश्यक : मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले समाजमा महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाज निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका साथै ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

विभिन्न समयमा भएका राजनीतिक सङ्घर्षहरूको परिणामस्वरुप संरचनामा परिवर्तन आएको बताउँदै मन्त्री श्रेष्ठले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सडक बालबालिकाको उद्धार तथा असहाय बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम अघि बढाइएको बताउँदै उहाँले छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान सुरु गर्न सबैलाई आग्रह गर्नुभयो ।

मन्त्रालयकी सचिव राधिका अर्यालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गर्ने मन्त्रालयले समाजमा सकारात्मक परिवर्तनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठलाई बिदाइ गरिएको थियो । रासस