१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरान विरुद्व आक्रमण गर्न नदिन चेतावनी



Debris of missiles fired from Iran toward Israel leave trails in the night sky over Nablus in the occupied West bank after being intercepted on June 13, 2025. (Photo by Zain JAAFAR / AFP)
अ+ अ-

काठमाडौं । इरानी सेनाले शनिबार संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी दिएको छ ।

इरानी सेनाले विज्ञप्ती जारी गर्दै यदि संयुक्त अरब इमिरेट्सको क्षेत्रबाट इरान विरुद्ध कुनै आक्रमण भयो भने, इरानले संयुक्त अरब इमिरेट्समा आक्रमण गर्ने चेतावनी दिएको छ ।

अबु मुसा र ग्रेटर टुनब टापुहरू, जुन इरानद्वारा नियन्त्रित छन् भने लामो समय देखि दुई देशहरू बिच विवादको विषय बनेका छन् । यी टापुहरू होर्मुज जलक्षेत्रको प्रवेशद्वार नजिकै खाडीमा अवस्थित छन्, जसबाट सामान्यतया विश्वको तेलको अधिकाशं भाग निर्यात हुन्छ ।

हाल चर्किरहेको क्षेत्रीय युद्धले समुद्री यातायात अवरुद्ध भएको छ, जुन फेब्रुअरी – २८ मा इरानमा अमेरिका र इजरायलीको संयुक्त आक्रमणबाट सुरु भई मध्य पूर्वमा फैलिएको छ ।

इरानले खाडी मुलुकहरूलाई अमेरिकी सेनालाई आफ्नो क्षेत्रबाट इरान विरुद्ध आक्रमण गर्न दिएको आरोप लगाउदै ती देशहरूमा रहेका अमेरिकी निकाय विरुद्ध मिसाइल तथा ड्रोन आक्रमणहरू सुरु गरेको छ ।