१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजविरुद्ध दुई अर्बको मुद्दा



अ+ अ-

काठमाडौं । राजश्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बरुण वेभरेज प्रालीले झण्डै ६५ करोड राजश्व ठगी गरेको आरोपमा मुद्दा दायर गरेको छ । सो वेभरेजले चर्चित पेय पदार्थ पेप्सीको उत्पादक कम्पनी हो । नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रुपैयाँ राजस्व छलेको आरोपसहित विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।विभागले सञ्चालकहरू अमित गुप्तासहित सात जनामाथि बिगो, जरिवाना र ३ वर्ष जेल सजायको दाबी गर्दै मुद्दा हालेको छ ।

विभागले ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिवाना एक अर्ब २९ करोड ९२ लाख चार हजार ६ सय ८० रुपैयाँ गरी कुल एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० रुपैयाँ दाबी गर्दै मुद्दा हालेको छ । बरुण वेभरेजले झुट्टा कारोबार मनसाय राखी नक्कली विजक तयार पार्ने व्यक्तिसँग मिलेर वास्तविक रूपमा मालबस्तु नै खरिद नगरी झुट्टा तथा नक्कली कर विजय तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रूपमा दर्ता गरिएका फर्महरूबाट जारी गरेका बिजक खरिद गरेर राजश्व छलेको विभागको आरोप छ ।

बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान सञ्चालकहरूबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको छ । विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेजले आर्थिक वर्ष ०७०/०७१ देखि ०७५/०७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकरतर्फ साभांशसमेत गरी ३९ करोड ६१ लाख गरी कुल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ ।

विभागले सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई मुद्दा हालिएको छ । उनीहरूबाट यो रकम असुलसहित तीन वर्ष कैदको माग गर्दै मुद्दा हालिएको विभागले जानकारी दिएको छ । सौर्य दैनिकबाट