१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह



अ+ अ-

काठमाडौँ। काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ । विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

हुरीबतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ ।

यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले  आग्रह गरेको छ ।

विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ । रासस