१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर युवकको मृत्यु



अ+ अ-

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । स्थानीयसमेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव निकालिएको उहाँले बताउनुभयो ।

स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो ।रासस