१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आशिकाले दिएको निर्देशन अवज्ञा गर्ने धादिङका स्थानीय निकायको चेतावनी



अ+ अ-

काठमाडौँ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखरअध्यक्ष तथा उपप्रमुखरउपाध्यक्षहरूको संयुक्त बैठकले धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङले दिएको निर्देशन प्रति आपत्ति जनाएका छन् ।

उनीहरुले आज एक संयुक्त विज्ञप्ति प्रकाशन गरी स्थानीय निकायलाई प्राप्त संवैधानिक अधिकार विपरीत सांसदले निर्देशन दिन नमिल्ने जिकिर गरेका छन् ।

रास्वपाका तर्फबाट धादिङ १ बाट निर्वाचित सांसद आशिकाले धादिङका भित्री सडकमा सवारीसाधनमा लगाइएको कर बन्द गर्न निर्देशन दिएकी थिइन् ।

आशिकाले स्थानीय तहले उठाउँदै आएको कर खारेज गर्न सामाजिक संजालबाट निर्देशन दिएकी थिइन् । ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर लिन न्यायोचित नहुने भन्दै उनले मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी थिइन् । कसैले उठाएको थाहा पाए कारबाहीको दायरामा ल्याउने उनको चेतावनी थियो ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख,अध्यक्ष एवं उपप्रमुख, उपाध्यक्षहरूको संयुक्त बैठकले स्थानीय तहको संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । साथै कडा प्रतिवादको चेतावनी पनि दिइएको छ ।

नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको नेतृत्वमा बसेको बैठकले नेपालको संविधानको धारा २३३ बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता व्यक्त संविधानको अनुसूची ८ मा व्यवस्था भएको एकल अधिकार निर्वाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

संयुक्त विज्ञप्तिमा नवनिर्वाचित सांसद तामाङले संविधान एवं कानूनविपरीत जारी भएका निर्देशन र जिल्ला प्रशासन कार्यालयका तर्फबाट चैत ३ गते पालिकामा प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकार कुण्ठित गरी प्रशासनमार्फत अंकूश लगाउने प्रयासका रूपमा व्याख्या गरिएको छ ।