२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको हवाई आक्रमणमा काबुलको अस्पतालमा ४ सय जनाको मृत्युः अफगान अधिकारी



अ+ अ-

काठमाडौँ। पाकिस्तानको वायुसेनाले अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा लागुऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

जसमा कम्तीमा ४ सय जनाको मृत्यु भएको र करिव २ सय ५० जना घाइते भएको एक अफगान अधिकारीले बताउनु भयो ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक विज्ञप्तिमा सोमवार स्थानीय समयअनुसार राति करिव ९ बजे भएको हवाई आक्रमणले काबुलको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पतालमा प्रहार गरेको बताउनु भयो ।

लागुऔषध दुव्र्यसनी बिरामीहरूको उपचारका लागि समर्पित २ हजार शैय्याको यो अस्पताल आक्रमणमा ठूलो मात्रामा ध्वस्त भएको फितरतले बताउनु भयो ।

हताहत हुनेको संख्या अझै बढ्नसक्ने चेतावनी दिनुभयो । अधिकारीका अनुसार हवाई आक्रमणले अस्पतालमा ठूलो आगलागी भएको थियो ।

यसैबीच पाकिस्तानले सोमवार अफगान सरकारको दाबीलाई खण्डन गर्दै देशले अफगानिस्तानमा सैन्य प्रतिष्ठान र आतंकवादी समर्थन पूर्वाधारहरूलाई लक्षित गरेको बताएको छ ।

पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयकाअनुसार पाकिस्तानी सुरक्षा बलले काबुल र अफगानिस्तानको नान्गाहार प्रान्तमा पाकिस्तानी जनता विरुद्ध प्रयोग हुने प्राविधिक उपकरण भण्डारण र गोलाबारुद भण्डारणलाई सटिक रूपमा लक्षित गरेको थियो ।

गत महिनाको अन्त्यमा उनीहरूको सीमामा झडप शुरु भएदेखि अफगानिस्तान र पाकिस्तानबीचको तनाव तिब्र रूपमा बढेको छ । अफगान र पाकिस्तानी अधिकारीहरूका अनुसार दुवै पक्षका दर्जनौं मानिस मारिएका र घाइते छन् ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल