११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड र पिएसजी क्वार्टरफाइनलमा, सिटी र चेल्सी बाहिरिए



अ+ अ-

काठमाडौँ। इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध समग्रमा ५–१ को जित निकाल्दै स्पेनको रियल मड्रिड यूइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार इत्तिहाद रंगशालामा सम्पन्न अन्तिम– १६ को दोस्रो लेगमा रियल २–१ ले विजयी भयो । पहिलो लेगमा रियलले ३–० को जित निकालेको थियो ।

पाहुना टोली रियललाई जित दिलाउन दुवै गोल भिनिसियस जुनियरले गरे । सिटीका लागि एर्लिङ हालान्डले १ गोल फर्काए ।

खेलको २१औँ मिनेटमा बर्नार्डो सिल्भाले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटिएको थियो । २२औँ मिनेटमा जुनियरले पेनाल्टीमार्फत रियललाई अग्रता दिलाए ।

हालान्डले ४१औँ मिनेटमा सिटीलाई बराबरीमा ल्याए । इन्जुरी समयमा जुनियरले व्यक्तिगत दोेस्रो गोल गर्दै रियललाई रोमाञ्चक जित दिलाए ।

खेलमा बलियो पकड जमाए पनि सिटी फिनिसिङमा चुक्यो । टोलीका २१ मध्ये मा ७ प्रहार टार्गेटमा थियो । यता, रियलको १६ मध्ये ८ प्रहार टार्गेटमा थियो ।

यस्तै, इङलिस क्लब चेल्सी पनि च्याम्पियन्स लिगबाट बाहिरिएको छ । फ्रेन्च क्लब पिएसजीले चेल्सीलाइ दोस्रो लेगमा ३-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा पनि चेल्सी ५-२ गोल अन्तरले पराजित भएको थियो । समग्रमा पिएसजी ८-२ को विशाल गोल अन्तरले पराजित भएको छ ।

इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बायर लिभरकुसेनलाई २-० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बायरको गोलपोस्टमा लगातार प्रहार गरेपनि अन्तत: आर्सनलका लागि एजेले ३६औं मिनेटमा पहिलो तथा डेक्लान राईसले ६३औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

यी दुई टोलीबीच पहिलो लेग १ – १ को बराबरीमा समाप्त भएको थियो ।

आज राति बार्सिलोना र न्यूक्यासल युनाइटेड तथा टोटेनह्याम हस्पर्स र एटलेटिको म्याड्रिड बीच खेल हुनेछ ।