काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो । महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको जानकारी दिए ।