१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान



अ+ अ-

ताप्लेजुङ । सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार शाहशङ्कर र सुजन इधिङ्गो, कक्षा ६ का पेम्बाछिरिङ शेर्पा, पासाङ डोमा शेर्पा र कक्षा ९ का कञ्चन पन्दाकलाई जनही रु १२ हजारका दरले जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो ।

स्व इन्द्रबहादुर श्रेष्ठका सुपुत्र तथा प्रतिष्ठानका सदस्य अमर श्रेष्ठले ती विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गर्नुभयो । फुङलिङका समाजसेवी व्यक्तित्व इन्द्रबहादुर श्रेष्ठको विसं २०५६ मा मृत्युभएको थियो । विसं २०६३ मा स्थापित प्रतिष्ठाले स्थापना कालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।