१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानहरुको माइतीघरमा धर्ना



अ+ अ-

काठमाडौं । सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाई छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन् । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् । भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मिलहरुले अहिले आफुखुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५३६/५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरुको छ ।