१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : सचिव अधिकारी



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

भ्रमण वर्ष २०२० नजिकिदै गर्दा नेपाल चेम्बर अफ कमर्सको काठमाडौंको कान्तिपथ स्थित भवनमा पर्यटन वर्षको लोगो सहितको वोर्ड राख्ने कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै पर्यटन सचिव अधिकारीले निजी क्षेत्रबिना पर्यटन प्रवद्र्धन सम्भव नभएको बताउनु भएको हो । उहाँले पर्यटन व्यवसाय भएको र यसको फाइदा निजी क्षेत्रलाई प्रतक्ष हुने भएकाले निजी क्षेत्रको सहभागिता बिना पर्यटन वर्षको लक्ष्य हासिल गर्न सम्भव नरहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्र पूर्ण रुपमा व्यवसाय भएकाले भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रको सकृयता आवस्यक रहेको बताउनुभयो । त्यसैलाई ध्यान दिई नेपाल चेम्बर अफ कमर्सले प्रवद्र्धनात्मक सन्देस र भ्रमण वर्ष २०२०को लोगो सहितको होडीङ बोर्ड राखेको बताउनुभयो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यपछि मात्र भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने बताउनुभयो । उहाँले भ्रमण वर्षको उद्घाटन भव्य रुपमा सम्पन्न गर्न पनि निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा भ्रमण वर्षको लोगो र सन्देस सहितको आकृतीको होडिङ वोर्ड राखेको हो ।