२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्ष चित्रकला प्रतियोगिता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विज्ञान दिवस एवं विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन भट्टराई प्रथम भएकी छिन् । भट्टराई ललितपुर लगनखेलस्थित क्याम्पियन स्कुलमा कक्षा आठमा अध्यनरत छिन् ।

त्यस्तै कास्की पोखरास्थित गण्डकी बोर्डिङ स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र आशिव गुरुङ दोस्रो, काठमाडौँको गोठाटारस्थित द सेलिब्रेसन को एड स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र अमन बस्नेत तेस्रो र काठमाडौँकै छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा सरिता रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।

विजयी छात्र छात्रालाई राजधानीमा सोसाइटीको १३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिनेछ । पहिलो हुनेलाई टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र, दोस्रो, तेश्रो तथा सान्त्वना हुनेलाई तक्मा र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलोलाई काठमाडौँस्थित मेक इञ्जिनियरिङ्ग कलेजले २०७५ सालदेखि प्रोत्साहन स्वरुप टेलिस्कोप पुरस्कार प्रायोजन गर्दै आएको छ । आधारभूत शिक्षा लिइरहेका विद्यार्थीका लागि वि.सं.२०७४ देखि हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

आधारभूत तहदेखि नै विद्यार्थीमा वैज्ञानिक खोज अनुसन्धानप्रति रुचि जागोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको सोसाइटीले जनाएको छ । प्रतियोगितामा देशभरका १०७ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।