काठमाडौं । राजधानीको सोह्रखुट्टेमा एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ । बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ओरालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो।
मंगलबार बिहान गोल्फुटारबाट आइरहेको ओरालोमा ब्रेक फेल भएपछि गाडीला ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो। ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ।
ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे असई बसन्त थापाले जानकारी दिए।
उनका अनुसार ट्यांकर चालक फरार छन्। उनको खोजी भइरहेको छ।