१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिम हटाउन ‘विद्युतीय कोड’ निर्माण शुरु हुने



अ+ अ-

खस्यौली । चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ ।

वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा.श्रीराम पौडेलले जानकारी दिनुभयो । ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड पनि जोडिने छ । सो कोडबारे स्थानीय सरकारलाई जानकारी दिएर विभिन्न कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ । “चट्याङको जोखिम हटाउनका लागि ठूलो लगानी आवश्यक पर्दैन, भवनमा ‘विद्युतीय कोड’को पहलले पनि ठूलो काम गर्छ”, उहाँले भन्नुभयो ।

चट्याङविद् डा पौडेलले भवनमा ‘ विद्युतीय कोड’ भए चट्याङको जोखिम घट्ने उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी घटना ‘विद्युत् सर्ट’ का कारण हुने बताउनुभयो । चट्याङको दृष्टिकोणले नेपाल तेस्रो जोखिमयुक्त स्थानमा रहेको बताइएको छ ।

उहाँले विद्युतीयसंहिता निर्माण गरेर चट्याङ तथा आगलागीका घटना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै भवनको कोडलाई ‘ विद्युतीय कोड’मा जोड्न सकिन्छ भन्नुभयो ।

घर निर्माण गर्दा नक्सा पास गरे जस्तै वायरिङमा पनि नक्सा पास अनिवार्य भएको र त्यसले घरको वायरिङ प्रणालीलाई व्यवस्थित गर्ने बताइएको छ । चट्याङका कारण नेपालका ४० प्रतिशत जङ्गलमा आगलागी हुने गरेको छ ।

चट्याङविद् डा पौडेलले प्रदेश नं ५ पनि चट्याङको जोखिममा रहेको औँल्याउनुभयो । नेपालको सबैभन्दा बढी चट्याङ झापा र चुरे क्षेत्रमा पर्ने गरेको बताइएको छ । विसं २०६८ देखि ०७५ सम्म चट्याङका कारण ११० जनाको मृत्यु भएको थियो ।