काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने ४ जना पक्राउ परेका छन् । प्रहरीले राजधानीको न्यूरोड (पिपलबोट) स्थित फोटो कन्सर्नबाट नक्कली स्मार्ट लाइसेन्स र अन्य परिचय पत्र बनाउने ४ जनालाई पक्राउ गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाबाट गएको टोलीले काठमाडौंको चावहिल बस्ने अनन्ता गुरुङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादवलाई पक्राउ गरेको छ ।
प्रहरीले फोटो कन्सर्र्नसमा नक्कली लाइसेन्स बनाउन गएका २ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कुलेश्वर बस्ने सुवास रोक्का र सर्लाहीका दीपक ब्लोन छन् ।
प्रहरीका अनुसार उनीहरुले एउटै नक्कली लाइसेन्स ५ देखि १५ हजारसम्ममा बिक्री गर्ने गरेका थिए ।