१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको टावरमा आगजनी



अ+ अ-

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

आगजनी कसले गर्यो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मङ्गलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताउनुभयो ।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उहाँले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको छ । कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।