१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा एमालेले चुनावी अभियानका क्रममा छ लाख ६२ हजार सङ्गठित सदस्यलाई मतदातासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख मीनवहादुर शाहीले जानकारी दिनुभयो ।

भर्चुअलभन्दा मतदातालाई प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टी नेतृत्वमा बनेको सरकारले गरेका राम्रो कामको प्रचार गरेर मत माग्न उम्मेदवार, पार्टी सदस्यलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

“भूगोलमा रहेका सबै सङ्गठित सदस्यलाई मतदातालाई प्रत्यक्ष भेटेर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिइएको छ”, प्रचार विभाग प्रमुख शाहीले भन्नुभयो, “जुन सङ्गठित सदस्य जहाँ छन्, त्यहीका मतदातालाई भेटेर मत माग्न भनिएको छ ।”

एमाले यसपटक चुनावीसभा नगरेर मतदातालाई प्रत्यक्ष भेटघाटका कार्यक्रमलाई प्राथमिकता दिएर चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । रासस