२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित



अ+ अ-

काठमाडौँ। आईसीसी पुरुष टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले सहज जित निकालेको छ।

आज भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको १४६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अविजित अर्धशतक बनाए । आरिफले ३७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६१ रन बनाए । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३१ बलमा चार चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए ।

कप्तान रोहित पौडेलले रनआउट हुनुअघि १६ रन बनाए भने आशिफ शेख र कुशल भुर्तेलले ८/८ रन बनाए ।

यूएईका लागि मोहम्मद रोहितले कसिलो बलिङ गर्दै ३ ओभरमा १३ रन खर्चिँदै १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि सोहेब खानले सर्वाधिक ३८ रन बनाउँदा हर्सित कौसिकले ३५ रन जोडे । यस्तै आर्यान्स शर्माले २५, मोहम्मद जैबले १९ तथा अलिशान शराफूले १२ रन जोडे ।

बलिङमा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।