१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार



अ+ अ-

नेपालगञ्ज। वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको छ ।

प्रेस सेन्टर नेपाल, बाँके शाखाले सेन्टरको २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँलाई वर्ष २०८२ को कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको हो ।

वरिष्ठ पत्रकार पिटरलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर विक, केन्द्रीय सदस्य सिराज खान र पूर्वकेन्द्रीय सदस्य डा डक्टप्रसाद धितालले संयुक्त रूपमा रु ३० हजार राशिको पुरस्कार हस्तान्तरण गर्नुभयो ।

पत्रकार पिटरले सेन्टरले आफूलाई सम्मान गरेर ठूलो जिम्मेवारीको भारी बोकाएको बताउँदै स्व कृष्णसेन इच्छुकसँग बिताएका समय र अनुभवहरू स्मरण गर्नुभयो । उहाँले जनपक्षीय पत्रकारिता अझै पनि जसरी हुनुपर्नेमा त्यसरी नभएको भन्दै उहाँले जनपक्षीय पत्रकारिता सशक्त बनाउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विकले धेरै छलफल र विचारविमर्शपछि मात्र यो पुरस्कारका लागि वरिष्ठ पत्रकार पिटरलाई छनोट गरिएको जानकारी दिनुभयो ।

सेन्टरका पूर्वकेन्द्रीय सदस्य डा धितालले लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारलाई सेन्टरले सम्मान गरेर उत्कृष्ट कार्य गरेको बताउनुभयो । सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहोराको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  रासस