१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा



अ+ अ-

काठमाडौँ। शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार गर्ने भएको छ ।

पण्डितको दोस्रो पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जलीसभामा समूहका अध्यक्ष निर्जला कक्षपतिले पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापना घोषणा गर्नुभएको हो ।

समूहका पूूर्वअध्यक्ष प्रकाश सिलवालले पत्रकार पण्डित एक व्यावसायिक  र चिन्तनशील पत्रकार भएको बताउनुभयो ।

पण्डितको २०८० माघ १७ गते अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा निधन भएको थियोे । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ साल वैशाख १८ मा जन्मनुभएका पण्डित शिक्षण र लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो ।रासस