१६ असार २०८३, मंगलवार
,
Latest
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोेर्क–वडावन जुम्ला सडक स्तरोन्नति



अ+ अ-

सुर्खेत। पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ ।

छेडा चाँदे–जुम्ला सडकखण्डभित्र अन्तर्गत सडक निर्माण तीव्र बनाइएको हो । पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ । छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि निर्माण भइरहेको छ । कच्ची कटानको काम भएपछि हाल स्तरोन्नति सुरु भएको हो ।

मध्यपहाडी लोकमार्ग, भेरी करिडोरसँग जोडिएर जुम्ला जोड्नका लागि काम धमाधाम भइरहेको छ । पश्चिमका छेडागाड, जुनिचाँदे गाउँपालिकाका साथै कुशे गाउँपालिकालाई यो सडकले जोडिन्छ । पश्चिम जाजरकोटको सबैभन्दा छोटो तथा महत्वपूर्ण सडकका रूपमा रहेको यो सडकले जुम्ला जोड्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

जाजरकोट क्षेत्र नं २ का लागि यो सडकलाई लाइफ लाइनका रूपमा लिइन्छ । पालिकाले यही सडकसँग जोडेर आन्तरिक सडक निर्माण तीव्र बनाएको छेडागाड नगरपालिकाका उपप्रमुख अपिल थापाले बताउनुभयो । छेडाबाट मोर्कसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा बाँकी मोर्क–वडावनभित्रको १७ किलोमिटर सडकको काम सुरु भएको हो ।

सर्वाधिक समस्याको रुपमा रहेको यो सडक छेडागाड नगरपालिकाको अधिकांश भागलाई छुने गर्छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख हरि वलीका अनुसार काम तीव्रगतिमा रहेको छ ।

सन् २०२४ अफ्रिल १० मा सम्झौता भएको यो सडक ७३० दिनमा निर्माण कार्य पूरा गर्ने लक्ष्य छ । रु ४४ करोड १९ लाख ५३ हजार १५१ मा काम भइरहेको कार्यालय प्रमुख वलीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमै यो काम पूरा हुने उहाँले जानकारी दिनुभयो । हाल पूर्वाधारको काम ६० प्रतिशत र आर्थिक पक्षको काम ५६ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । मन्त्रालयको सचिवसहितको टिमले यो सडकको अनुगमन गरेर राम्रो प्रगति भएको भन्दै चालु आवमै पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।

त्यसैगरी, यो सडकको दोस्रो चरणको कामसमेत छिट्टै सुरु गर्ने तयारीमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वडावनबाट जुम्लाको सिमानासम्म अर्को ठेक्का खोल्ने अन्तिम तयारी भइरहेको छ । त्यसका लागि प्रक्रियागत काम जारी रहेको उहाँले जानकारी दिनुभयो । कच्ची कटान भएको ठाउँमा स्तरोन्नतिको कामका लागि बोलपत्र हुनलागेको हो ।

भेरी करिडोरको छेडाबाट सुरु भएको यो सडक जुम्लाको सिमानासम्म पुगेर पूरा हुनेछ । जुम्लाको तर्फबाट समेत जाजरकोटको सिमानासम्म काम भइरहेको छ । प्रदेश सरकारले यसलाई मुख्य प्राथमिकताका साथ काम गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

तराईदेखि हिमालसम्म जोडने सडकका साथै रारा, फोक्सुण्डो ताललगायत ठाउँमा जान सहज तथा छोटो दूरीको रूपमा यसलाई लिइन्छ । जुनिचाँदे गाउँपालिका–९ का दलबहादुर शाहीले अब विस्तारै सडक, खानेपानी तथा विद्युतीकरणका कारण आफ्नो गाउँमा सहज भएको बताउनुभयो ।

अहिले घरअगाडिको सडकबाटै नेपालगन्ज, सुर्खेत जाने गरेकाले छोराछोरीलाई समेत सामान पठाउन सहज भएको उहाँले जानकारी दिनुभयो ।




भर्खरै