१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

‘अमेरिकी अतिरिक्त करसम्बन्धी चेतावनीको जवाफ दिन युरोप तयार’

‘अमेरिकी अतिरिक्त करसम्बन्धी चेतावनीको जवाफ दिन युरोप तयार’
डोनाल्ड ट्रम्प
अ अ+ अ-

बेल्जिय। मयुरोपेली नेताहरूले ग्रिनल्याण्डसम्बन्धी आफ्नो योजनाको विरोध गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने धम्कीको आइतबार प्रतिवाद गरेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ’गल्ती’ नगर्न वासिङ्टनसँग आग्रह गर्नुभएको छ।

ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्किएपछि व्यक्त गरेको डेनमार्कको स्वायत्त क्षेत्र आर्कटिक टापु कब्जा गर्ने आफ्नो इच्छालाई लुकाएको पाइदैन । हालैका हप्ताहरूमा यो दाबीले ट्रान्सएटलान्टिक सम्बन्धलाई गहिरो रूपमा हल्लाएको छ ।

उहाँले शनिबार फेरि आक्रमण बढाए र आठ युरोपेली देशहरूले सैन्य अभ्यासको एक भागको रूपमा ग्रीनल्याण्डमा केही दर्जन सेना पठाएपछि अतिरिक्त कर लगाएर दण्डित गर्ने चेतावनी दिनुभयो ।

ट्रम्पसँग राम्रो सम्बन्ध भएको मानिएकी प्रधानमन्त्री मेलोनीले युरोपलाई आर्थिक रूपमा दण्डित गर्नु आफ्नो गल्ती भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, अहिले नयाँ प्रतिबन्ध लगाउनु गल्ती हुनेछ । मैले केही घण्टाअघि डोनाल्ड ट्रम्पसँग कुरा गरेको थिएँ र उहाँसँग आफ्नो धारणा बताएकी थिएँ ।”

यद्यपि, मेलोनीले पत्रकारहरूलाई ग्रीनल्याण्डमा युरोप र अमेरिकाबीच ‘समझदारी र सञ्चारको समस्या’ रहेको भन्दै द्वन्द्वलाई कम गर्ने प्रयास पनि गर्नुभयो ।

उहाँले बढ्दो सङ्कटमा सक्रिय भूमिका खेल्ने नाटोको जिम्मेवारी रहेको बताउनुभयो । बेलायती संस्कृति मन्त्री लिसा नन्दीले बीबीसीसँगको अन्तर्वार्तामा भन्नुभएको छ, “बेलायती प्रधानमन्त्री केइर स्टार्मरले जतिसक्दो चाँडो ट्रम्पसँग यस विषयमा छलफल गर्ने योजना बनाइरहनुभएको छ।”

“हामी विश्वास गर्छौँ कि यो गम्भीर रूपमा असहयोगी र प्रत्युत्पादक छ । प्रधानमन्त्रीले यसलाई स्पष्ट पार्न पछि हट्नुहुनेछैन,” उहाँले भन्नुभयो ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युरोपेली सङ्घलाई आफ्नो शक्तिशाली ‘एन्टी–कोएर्सियन इन्स्ट्रुमेन्ट’ प्रयोग गरेर खतराको सामना गर्न आह्वान गर्नुभयो ।

पहिले कहिल्यै प्रयोग नगरिएको यो ‘एन्टी–कोएर्सियन इन्स्ट्रुमेन्ट’ उपायलाई इयूको व्यापार ‘बाजुका’ भनिन्छ र यसले वस्तु र सेवाहरूको आयातमा अङ्कुश लगाउन अनुमति दिन्छ ।

ट्रम्पले फेब्रुअरी १ देखि लागु गर्नेगरी डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्याण्डबाट अमेरिका पठाउने सबै सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिनुभएको छ ।

‘ग्रीनल्याण्डको पूर्ण सामान खरिदका लागि सम्झौता नहुँदासम्म’ जुन १ देखि उक्त कर २५ प्रतिशत बढाइने राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

इयूले गत जुलाईमा यहाँबाट अमेरिकी हुने अधिकांश निर्यातमा १५ प्रतिशत कर लगाउने सम्झौता गरेको थियो। इयूले आइतबार ब्रसेल्समा आफ्ना राजदूतहरूको असाधारण बैठक बोलाएको छ ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले शनिबार करवृद्धिले ‘ट्रान्सएटलान्टिक’ सम्बन्धलाई कमजोर पार्नेछ र सम्बनधमा खतरनाक ओरालो लाग्ने जोखिम हुने बताउनुभएको छ। (रासस/एएफपी)