१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बासले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा आयोजित भेटमा उहाँहरुबीच नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदानप्रदानका विषयमा विस्तृत छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

भेटमा स्वास्थ्यमन्त्री गौतमले इजरायलले आपतकालीन सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गर्दै यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग पुग्ने बताउनुभयो ।

राजदूतले बासले नेपालको विपद् व्यवस्थापनको प्रणालीगत विकास गर्न इजरायल सरकारले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । रासस