८ भाद्र २०८३, सोमबार
,
Latest
चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बुझायो समानुपातिक सूची, अर्जुनरसिंह केसी पहिलो नम्बरमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची मंगलबार बिहान मात्र पेश गरेको छ । सो सूचीका लागि निर्वाचन आयोगबाट हिजो नै निस्सा लिएको कांग्रेसले आज बिहान मात्र सो सूची बुझाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान साढे ११ बजेमात्र बन्दसूची बुझाएका हुन् ।

गएराति नै कांग्रेसले सो सूची आयोगमा लगेकोमा पार्टी सभापति शेरबहादुर देउवाको डिजीटल हस्ताक्षर नमान्ने भनेपछि आज नै हस्ताक्षर गरेर सो सूची बुझाइएको हो ।

बन्दसूचीको पहिलो नम्बरमा खस आर्यका तर्फबाट अर्जुननरसिंह केसीको नाम रहेको बुझिएको छ । त्यस्तै आदिवासी जनजातितर्फ पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा रहेको छ ।

आङ्दम्बेको नाम कोशी प्रदेशबाट समानुपातिकका लागि सिफारिस भएर आएको थियो ।

उनी २०७९ को चुनावमा एमालेका वसन्त नेम्वाङसँग ४७ मतले हारेका थिए । उनी २०७४ मा पनि एमालेकै बसन्तसँगै पराजित भएका थिए ।

यता प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिक सूचीको प्राथमिकतामा परेका हुन् ।