२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता  सुनिश्चित हुने बताउनुभएको छ ।

येशु ख्रिस्टको शुभजन्मोत्सव २०८२ को अवसरमा राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले फागुन २१ गते हुने निर्वाचनमार्फत मुलुकमा नयाँ परिवर्तन र समृद्धिको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो ।

“देशको समृद्धि भएमात्रै नागरिकको हक र अस्तित्व रहन्छ, त्यसपछि हाम्रो मौलिक हक र धर्मको स्वतन्त्रता सुनिश्चित हुन्छ । गलत राजनीतिक अवस्थाले हाम्रा सन्ततिहरू विदेश जानुपर्ने अवस्था आएको हो, त्यो अवस्थालाई रोक्न पनि इतिहास र जेनजीहरूको बलिदानले राम्रो नेता र नेतृत्व छान्ने अवसर दिएको छ, त्यसको उपयोग गरौँ”, मन्त्री खरेलले भन्नुभयो ।

उहाँले भ्रष्टाचार, बेथिति, अन्याय, कुशासन, अनियमितता र असमानताको खाडल पुर्न पुराना दल असफल भएको आरोप लगाउनुभयो । “समृद्धिको अभियानमा पुराना दल अगाडि बढ्न सकेनन्, । हरेक क्षेत्रमा चरम दलीयकरण भयो र सपना मात्रै देखाएर बीसौँ वर्ष बित्यो”, मन्त्री खरेलले भन्नुभयो,“अब परिणाम चाहिएको छ । भोट दिने बेलामा सचेत बनौँ, पाँच वर्षसम्म राजनीतिक दललाई गाली गर्ने अवस्था आउन नदिऔँ ।”

नेपाल विविध जात, धर्म, संस्कृति र परम्परालाई अङ्गालेर मिलेर बसिरहेको देश हो भन्दै उहाँले त्यसलाई जोगाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “हामीसँग मानवतासहित समग्रमा नेपाली हौँ भन्ने भावना छ, हिन्दू, बौद्ध, मुस्लिम, ख्रिष्टियनलगायत सबै धर्मले हिंसा गर्नुहुँदैन, अन्याय गर्नुहुँदैन भनेको छ ।

हरेक धर्मले मानवताको कुरा गरेको हुन्छ, मेरो लागि पनि सबैभन्दा ठूलो धर्म भनेकै मानवता हो, म मानवताको सम्मान गर्छु । सबैले धर्मको मर्मअनुसार काम गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा ख्रिष्टियन धर्मका अगुवाहरूले ख्रिष्टमसको शुभकामना व्यक्त गर्दै बाइबलमा भएका सकारात्मक भनाइबारे चर्चा गर्नुभएको थियोे ।
रासस