२९ श्रावण २०८३, शुक्रबार
,
Latest
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ: परराष्ट्रसचिव अमृतबहादुर राई ग्यासको अनावश्यक मौज्दात नराख्न आयल निगमको आग्रह अदालतबाट एक करोड ५८ लाख जरिवाना ठहर भएका भण्डारी पक्राउ रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान नेपालगन्जमा विपन्नका लागि ९४ शय्या निःशुल्क राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता: बजार



अ+ अ-

बजार
आज भोलि
तातेको छ
अलि पर सेकुवा,रोष्टहरु पाकीरहेका छन्
पकाउनेहरु पनि अलि परकै देखिन्छन् ।

यता
हेरा हेरी मोलतोल चलि रहेछ
एक सील सेकुवाको लागि
मान्छे ईमान बेच्छ
जमान बेच्छ
र भन्छ
मैले मात्रै कहाँ खाने हो
तलका, माथिका
सबैलाई
उ त्यो परको सेकुवा ।

तेश्रो
सेकुवा हेरेर मन अमिलो बनाउँछ
लामो बाटो र आफ्नो देश सम्झेर
अत्यास मान्दछ ।

दोश्रो
सेकुवा हेरेर जीब्रो मिठ्याउछ
पहिलोले
भोलि मिलाउला भनेपछि
भोलि पहिलो हुने अठोट गर्छ ।

पहिलो
बजार भित्र पस्दछ
बजारमा
मान्छेलाई नीतिले, ऐनले सुकाईन्छ
र मान्छेलाई उसिनेर छाडिन्छ ।
अनि
सेकुवाको बजारीकरण गरिन्छ ।

अस्तु ।
देवी प्याकुरेल
५ पौष,२०८२ जाजरकोट