४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

बाढी–पहिरोदेखि आँधी–हुरीसम्मः सबै पूर्वचेतावनी अब एउटै प्लेटफर्मबाट

बाढी–पहिरोदेखि आँधी–हुरीसम्मः सबै पूर्वचेतावनी अब एउटै प्लेटफर्मबाट
अ+ अ-

काठमाडौँ । नेपालमा विपद् पूर्वशतर्कता प्रणालीलाई प्रभावकारी बनाउन ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनमा आउने भएको छ ।

विश्व मौसम संगठनको सहयोगमा मौसम विज्ञान विभागले ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनका लागि तयारी शुरु गरेको हो ।

विपद् सम्बन्धी जुनसुकै सूचना प्रवाहका लागि अब विभागले एकिृत सञ्चार माध्यम ‘कमन अलर्टिङ प्रोटोकल’ विधि अपनाउने भएको छ । यसका लागि विभागले आईतवार यस क्षेत्रसँग सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ विनोद पराजुलीले विभिन्न माध्यमबाट छुट्टाछुट्टै रूपमा जानकारी प्रवाह हुँदै आएको वर्तमान संरचनाले विपद्को सूचनामा एकरूपता कायम गर्न कठिनाइ भएकोले कमन अलर्टिङ प्रणालीको आवश्यक रहेकोे बताउनु भयो । देशभर फैलिएका सूचना–प्रवाहका माध्यमहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकतालाई मनन गर्दे विभागले अब सबै पूर्वचेतावनीलाई एउटै प्लेटफर्मबाट प्रवाह गर्ने तयारी शुरु गर्न लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जल तथा मौसम सम्बन्धि सूचना हामीले विभिन्न माध्यमबाट प्रवाह गरिरहेका छौं र त्यो माध्यमहरुमा उदाहरणका लागि हामीले वेभसाइटको प्रयोग गर्छाैं, सामाजिक सञ्जालहरुमा सूचनाहरु राख्छौं, एसएमएसका माध्यमबाट पनि सूचना पठाइरहेका छौं, टोल फ्री सेवा पनि सञ्चालन गरिरहेका छांै र भविष्यमा हामी सेल बोर्डकास्ट, फ्ल्यास एसएमएस पठाउने आइभिआर अथवा भ्वाईस कल नै पठाउने त्यस्तो किसिमको तयारी गर्दैछौं । तर ती सबै सूचनाहरु अहिले फरक—फरक माध्यमबाट, फरक—फरक ढंगले प्रसारण भइरहको अवस्थामा आम संचारको माध्यमबाट, सबै सरोकारका माध्यमहरुबाट एउटै सूचना प्रवाह गर्नका निमित्त जुन विश्वव्यापी रुपमा ‘कमन अलर्टिङ प्रोग्राम’ अथवा साझा सूचना पठाउने एउटा संयन्त्र जुन विकास र प्रयोगमा आएको छ, नेपालमा पनि हामीले त्यसलाई प्रयोग गर्ने त्यस्तो प्लेटफर्म जसले सबै सञ्चारका माध्यमहरुलाई एउटै सूचना एउटै प्लेटफर्मबाट पठाउन सकिन्छ । चाहे त्यो एसएमेस पठाउने कुरा होस्, चाहे त्यो आइभिआर अथवा भोइस कल सेन्ड गर्ने कुरा आउछ सबै तिर एउटै सूचना राख्न सकिने गरी त्यो सिस्टमले काम गर्छ ।’    

जलवायु तथा विपद् विज्ञ धर्मराज उप्रेतीले नेपालमा जलवायुजन्य जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै जोखिममा सूचना प्रशारणको चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनु भयो । विश्वको धेरै राष्ट्रहरुमा यो कमन अलर्टिङ प्रणाली लागू भइसकेको बताउदै उहाँले नेपालमा पनि यसको विकासक्रम जारी रहेको बताउनु भयो । उहाँले नेपालमा हरेक वर्ष बाढी, पहिरो, आँधी–हुरी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दो अवस्थामा रहेको भन्दै यस प्रणालीको विकासले राष्ट्रिय पूर्वसूचना संरचनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु जन्य जोखिमहरुलाई चाहीँ कसरी सञ्चार गर्ने र जलवायु जन्य जोखिमहरु नेपालमा बढ्दै गहिरहेको छ, त्यो बढ्दै गइरहेको जोखिम चाहीँ प्रत्येक सिजनअनुसार हाम्रो जोखिम छ । जस्तो प्रि मनसुनमा, मनसुन हुन भन्दा अगाडिको एक खालको जोखिम हुन्छ, हावाहुरीको जोखिम हुृन्छ भने मनसुन अवधिमा चाहीँ पहिरोको बाढीको जोखिम हुन्छ । सबै खालका जोखिमहरुलाई कसरी सञ्चार गर्ने, कसरी चाहीँ समुदायसम्म पु¥याउने, कसरी हाम्रो स्थानीय स्तरसम्म पु¥याउने भन्नेकुरा चाहीँ अहिलेको चुनौति छ । त्यो चुनौतिलाई चिर्दै अन्तर्राष्ट्रिय स्तरमा, खास गरेर अन्तर्राष्ट्रिय मौसम संगठन र योसँग सम्बन्धित यसका सदस्य राष्ट्रहरुले यो सञ्चारलाई चाहीँ जल तथा मौसम जन्य घटनाहरुको जुन अवस्था छ त्यसलाई चाहीँ समुदायसम्म पु¥याउनको लागि सबैका लागि पूर्वसूचना प्रणाली त आयो तर सबैसँग पूर्व सूचनाको प्रणली आउँदै गर्दा सबैसँग यो जोखिमको सञ्चार कसरी हुन्छ भन्नेकुरा सञ्चार गर्न आवश्यक छ भन्ने कुरालाई मध्यनजर गर्दै नेपालले पनि यो शुरुवात गरेको छ ।’ 

उक्त कार्यक्रममा देशभर प्रयोग गर्ने चेतावनी प्रणालीलाई एउटै ढाँचामा ल्याउने, सूचनाको समयानुकूल प्रशारण गर्ने तथा विपद् जोखिमबाट जनजीवन र सम्पतीको सुरक्षा प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ ।