६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रधानमन्त्रीको अस्पताल बसाइ लम्बिने, हिँडडुल गर्न र ठोस खाना खान सुरु

प्रधानमन्त्रीको अस्पताल बसाइ लम्बिने, हिँडडुल गर्न र ठोस खाना खान सुरु
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।

६९ वर्षीय प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । भात र मासुको झोल दिइएको छ । बिहान उनले चिया–बिस्कुट खाएका थिए । यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्तर्गत नै बिरामीलाई हिँडडुल गराइन्छ । ‘यही गतिमा सुधार हुँदै गयो भने ७ देखि १० दिनसम्ममा उहाँलाई डिस्चार्ज गर्छौं,’ प्रधानामन्त्रीकी निजी चिकित्सक प्रा,डा. दिव्यासिंह शाहले भनिन्, ‘उहाँको स्वास्थ्य स्थिति ठीक छ । स्थिर छ ।’ प्रधानमन्त्रीको शरीरले मिर्गौला प्रत्यारोपणपछिको शरीरले देखाएको प्रतिक्रिया र सुधारको गति सन्तोषजनक रहेको डा, शाहले बताइन् ।

प्रधानमन्त्री ओलीले शल्यक्रियापछि पहिलो पटक शुक्रबार चिकित्साकर्मीबाहेकका सँग फोनमा कुराकानीसमेत गरेका छन् । डा. शाहले नै आफ्नो फोनमा प्रधानमन्त्री र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच कुराकानी गराएकी थिइन् । करिब दुई मिनेटको कुराकानीमा प्रधानमन्त्रीले आफूलाई ठीक रहेको जानकारी दिँदै आफू छिट्टै काममा फर्किने बताएका थिए । अस्पतालमा भएको बिरामीको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीलाई हाल मोबाइल फोन दिइएको छैन । बिरामीले के गर्ने के नगर्ने प्रोटोकललाई प्रधानमन्त्री ओलीले समेत पालना गरिरहेको डा. शाहले बताइन् ।

करिब ३ महिनाअघि एपेन्डिसाइटिसको शल्यक्रिया हुँदा समेत प्रधानमन्त्रीलाई थप केही दिन आइसोलेसन सरहको स्थितिमा मनमोहन कार्डियोथोरासिक भास्कुलर र ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा राखिएको थियो । यसले उनमा सुधारको गति बढेको थियो ।

हाल प्रधानमन्त्री अन्य बिरामीभन्दा पृथक् अत्याधुनिक आईसीयूमा भएकाले अस्पताल बसाइ अलि लम्ब्याउँदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीलाई दुखाइनाशक औषधि बन्द गरिएको छ । प्रत्यारोपणको दिन बुधबार उच्च मात्रामा दिइएको दुखाइनाशक औषधिमा कमी ल्याउँदै तेस्रो दिन बन्द गरिएको हो ।

संक्रमण नियन्त्रण रणनीतिअन्तर्गत प्रधानमन्त्री ओलीलाई हालै बनाइएको परिष्कृत ‘लिभर ट्रान्सप्लान्ट’ आईसीयूमा राखिएको छ । मिर्गौला प्रत्यारोपण भएका बिरामीलाई ‘रेनल ट्रान्सप्लान्ट युनिट’ मा राख्ने गरिन्छ । ‘जबसम्म हाम्रा चिकित्सक विश्वस्त हुँदैनन्, तबसम्म प्रधानमन्त्रीलाई आईसीयूमै राखिन्छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले भने, ‘यो आइसोलेसन जस्तै भएकाले अस्पतालजन्य संक्रमणको सम्भावना अत्यन्त न्यून छ ।’ अस्पतालले प्रधानमन्त्रीका सबै महत्त्वपूर्ण सूचक सामान्य अवस्थामा रहेको समेत जनाएको छ ।

एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको मिर्गौलाले पिसाब बनाउने मात्रासमेत अपेक्षित नै देखिएको छ । हाल प्रतिघण्टा २०० देखि २५० मिलिलिटर पिसाब बनिरहेको छ । उनको सामान्य अवस्थाको रक्तचाप माथि १५० र तल ६० देखि ८० रहने गरेको छ । उनको अक्सिजनको सेचुरेसन ९४र९५ प्रतिशत छ । करिब आठ महिनादेखि ओली मिर्गौलाको समस्यासम्बन्धी विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।